महानगरले सुरु गर्‍यो बजार अनुगमन, कफी पसललाई तिरायो १० हजार रूपैयाँ जरिवाना

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरू गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उदेश्यसहित मंगलरबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ । महानगरका मेयर बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंकाअनुसार मंगलबार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाहीमा परेको हो । महानगरले बत्तिसपुतलीमा रहेको हिमालयन कफी हाउसको अनुगमन गरेको थियो […]

सम्बन्धित सामग्री

बजार अनुगमन जारी, एकै दिन ३ लाख ७५ हजार जरिवाना असुल

काठमाडाैँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता झुक्याउने पसललाई कारबाही गरेको छ।विभिन्न ८ पसललाई कारबाही गरेर ३ लाख ७५ हजार रुपैयाँ जरिवाना असुल गरेको विभागले जनाएको छ। विभागको बजार अनुगमन टोलीले भक्तपुरको मध्यपुर थिमीस्थित एक खाद्य पसलमा गुणस्तरहीन, परिमाण, मूल्य, नापतौल हेरफेर गरेको पाइएपछि २ लाख रूपैयाँ जरिवाना गरेको छ।उक्त पसलमा डेढ लाख मूल्य बराबरको म्याद गुज्रिएको चामल र भुजा भेटिएपछि विभागको टोलीले मुचुल्का उठाएर सम्बन्धित स्थानीय तहलाई नष्ट गर्न सिफारिस गरेको विभागका

चाँडबाँड सुरु भएपछि पोखरामा बजार अनुगमन

चाँडबाँड नजिकिदै गर्दा पोखराको बजार अनगुमन शुरु गरिएको छ। अनुगमन गर्ने क्रममा केही व्यवसायीले म्याद गुज्रिएको सामान विक्री वितरण गरेको भन्दै जरिवाना गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा बनेको बजार अनुगमन समितिले केहीद...

काठमाडौं महानगरको बजार अनुगमन तीब्रः टिपटप मिठाई पसललाई दुई लाख जरिवाना

काठमाडौँ, १ असोज । काठमाडौँ महानगरपालिकाले टिपटप मिठाई पसललाई रु दुई लाख जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको […]

१ वर्षमा बजार अनुगमन ३ हजार ६९५ पटक, जरिवाना १ करोड ९८ लाख

२ साउन, काठमाडौं । बजारमा उपभोक्ता हित कायम गर्ने केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक वर्षमा ३ हजार ६९५ पटक बजार अनुगमन गरेको छ । विभागकाअनुसार देशभर भएको अनुगममा ७ सय ९९ वटा फर्मलाई जरिवाना गरिएको र सो बापत एक करोड ९८ लाख ४ हजार एक सय रुपैयाँ जरिवाना संकलन भएको […]

बैतडीमा बजार अनुगमन, २४ व्यापारी परे कारबाहीमा

बैतडी : संयुक्त अनुगमन टोलीले बैतडीमा बजार अनुगमनलाई निरन्तरता दिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गत हप्तादेखि शुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो।जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजार अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। डिलाशैनी क्षेत्रका ८ र बाँकी अन्य बजारका १६ गरि २४ व्यापारीलाई जरिवाना गरिएको हो। उनीहरूबाट ९० हजार रूपैयाँ जरिवाना असुल र ४५ हजार रूपैयाँ मूल्य

काठमाडौं र भक्तपुरका १५ पसललाई १ लाखभन्दा बढी जरिवाना

काठमाडौं : काठमाडौं जिल्लाभित्रका अनधिकृत व्यापार गर्ने १३ पसललाई १ लाख १० हजार जरिवाना गराइएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सरोकारवाला निकायले बजार अनुगमन गरी जरिवाना तिराएका हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार खाद्यान्‍न, लत्ता कपडा, तरकारी लगायतका २५ वटा पसलमा बजार अनुगमन गरिएको थियो।अनुगमनका क्रममा १३ वटा पसलले म्याद गुज्रेका वस्तु विक्री वितरण,कानुनी प्रक

हेटौंडामा बजार अनुगमन, तीन व्यवसायीलाई जरिवाना

१९ असोज, वीरगञ्ज । हेटौंडामा बजार अनुगमनको क्रममा तीनवटा पसल सञ्चालक कारबाहीमा परेका छन् । संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा उपभोक्ता हित विपरीत काम गर्ने पसल सञ्चालकलाई कारबाही गरेको हो । तीनवटा पसललाई कारबाही गरेर ४० हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको र एउटा औषधि पसलमा तालाबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको […]

राजस्व छलेको अभियोगमा तीन लाख जरिवाना

परासी । राजस्व छलेको अभियोगमा यहाँका एक व्यवसायीलाई रु तीन लाख जरिवाना भएको छ । रामग्राम नगरपालिका-१६ हकुईस्थित विष्णु जनरल स्टोर्सले स्वीकृति बिना नै सूर्तिजन्य पदार्थ बिक्री गरी राजस्व छलेको पाइएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सो जरिवाना गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको संयुक्त बजार अनुगमन समितिले […]

तीन कम्पनीलाई ४० हजार जरिवाना

काठमाडौं। सरकारले संयुक्त बजार अनुगमन टोलीले तीन वटा कम्पनीलाई ४० हजार रुपैयाँ जरिवाना गरेको छ। टोलीले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बजार अनुगमन गर्दा ठगी गरेको पाइएपछि ती कम्पनीलाई जरिवाना गरिएको हो। यस क्रममा एउटा स्वास्थ्य सामाग्री फर्म, एउटा खाद्य फर्म र एउटा अन्य फर्म कारबाहीमा परेको प्रधानमन्त्री कार्यालयले बताएको छ।