महान् वैज्ञानिक थोमस एल्वा एडिसनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । मिलान, ओहायो अमेरिकामा १८४७ फ्रेब्रुअरी ११ मा जन्मेका एडिसनको ८४ वर्षको उमेरमा मृत्यु भएको थियो । बाल्यकालमा मन्द बुद्धि भनेर स्कुलबाट निकालिएका एडिसन कसरी विश्वविख्यात वैज्ञानिक बने भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । एडिसन सानैदेखि जिज्ञासु स्वभावका थिए । मनमनै यो भए त्यो किन भएन भन्ने र त्यसैसँग खेल्ने, खेलाउने उनको विशेषता थियो । हरेक कुराको प्रश्न तथा प्रतिप्रश्न गर्दै व्यावहारिक प्रयोगबाट सिद्ध गर्ने