पत्रकारिताबाट राजनीतिमा फड्को

मटिहानी नगरपालिकाको मेयरमा पत्रकार हरिप्रसाद मण्डल निर्वाचित भएका छन् । राजपाका उम्मेदवार उनी तीन हजार चार सय ४ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहम्मद मुजिबुल रहमानले एक हजार ५ सय ९७ मत प्राप्त गरे ।

सम्बन्धित सामग्री

ज्योतिषको नजरमा नयाँ वर्ष- राजनीतिमा युवाको हस्तक्षेप बढ्छ

काठमाडौं – सबैथोक सकिए पनि सधै बाँकी रहने एउटा चीज हो– भविष्य। राजनीतिले हरसमयं आत्मसात गर्ने भनेको ‘बहुजन हिताय र बहुजन सुखाय’को मूलमन्त्र नै हो। तर तीन करोड जनताको व्यवस्थापकीय जिम्मेवारी लिएको राजनीतिक नेतृत्वले दशकौंदेखि नाना, खाना र छानाको आश्वासन पूरा नहुँदा जनगुनासोको मात्रा बढ्नु स्वाभाविकै हो। पात्रोले सन् २०२४ को फड्को मारिरहँदा हामीले ज्योतिषलाई […]

जलविद्युत् विकासले फड्को मार्न खोजेको हो ? बढ्दै छ सम्भावना उपयोगको अवसर

नेपालका कतिपय विद्यमान जलविद्युत् आयोजनाहरूको ऐतिहासिक पृष्ठभूमि नियाल्दा बेलायत, पूर्वसोभियत संघ, चीन र भारत नै यसको विकासमा संलग्न रहेको देखिन्छ । त्यसताकाको परिप्रेक्ष्यमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाहरूको निर्माणका लागि गरिएको पहल केवल नेपालीहरूको उपभोगका लागि मात्र थियो । नेपालको जलविद्युत् विकासको शुरुआतले ११ दशक पार गरिसकेको छ । अझ भन्ने हो भने झन्डै सवा शताब्दीको इतिहास नेपालको जलविद्युत्को विकासले बोकिरहेको छ । तर, यसले हालसम्म गति लिन सकेको छैन । यति लामो समयको इतिहास हुँदाहुुदै पनि विगतमा जलविद्युत् विकासले गति लिन सकेको थिएन र अझै गति लिइरहेको छैन । यसका पछाडि भूराजनीतिक, आर्थिक र पहुँच, आवश्यकता, आयात–निर्यातमा जटिलता आदि कारण रहेका हुन सक्छन् । त्यसताका जलविद्युत्को विकास गरी निर्यात गर्ने सपनाको त कल्पनासम्म पनि गर्न सकिएको अवस्था यस कारणले थिएन कि बिजुलीको आन्तरिक मागलाई नै आवश्यक पर्ने बिजुलीको उत्पादन भइरहेको थिएन र हालसम्म पनि हुन सकेको छैन । यसैको प्रतिफल हो १ दशकभन्दा बढी लामो लोडशेडिङ । लोडशेडिङका कारण नेपालमा सञ्चालित कतिपय उद्योग व्यवसाय बन्द हुन पुगे । अर्कोतिर आधारभूत उद्योगहरू पलायन भए । नेपालका उद्योगधन्दाहरू पलायन हुनुमा लोडशेडिङ एउटा कारण हो । छिमेकी राष्ट्र भारतको विहार राज्यमा भएको सामाजिक र आर्थिक रूपान्तरणले उद्योगहरू सञ्चालनमैत्री वातावरणको सृजना भएको थियो र भइरहेको छ । फलस्वरूप कतिपय नेपालमा सञ्चालित दैनिक आवश्यताका वस्तुहरू उत्पादन गर्ने उद्योगहरू त्यसतर्फ पलायन हुन पुगे । बचेखुचेका उद्योगहरू लोडशेडिङका कारण विगतमा मात्र होइन, हालसम्म पनि छटपटाइरहेका छन् ।  राजनीतिक अस्थिरता, खिचातानी र कुशासनका कारण जलविद्युत् विकासमा खिम्ती र भोटेकोशीबाहेक अन्य आयोजनामा बाह्य स्रोतको परिचालन हुन सकेन । चाहे आन्तरिक हुन् वा बाह्य क्षेत्रका विद्युत् उत्पादकहरू हुन् आयोजनाहरूको इजाजतपत्र हत्याएर आलेटाले गर्ने गरेका छन् ।  राजनीतिक अस्थिरता, खिचातानी र कुशासनका कारण जलविद्युत् विकासमा खिम्ती र भोटेकोशीबाहेक अन्य आयोजनामा बाह्य स्रोतको परिचालन हुन सकेन । चाहे आन्तरिक हुन् वा बाह्य क्षेत्रका विद्युत् उत्पादकहरू हुन् आयोजनाहरूको इजाजतपत्र हत्याएर आलेटाले गर्ने गरेका छन् ।  खोलामा पनि भ्रष्टाचार नेपालमा भ्रष्टाचार मौलाएको कुरा कसैबाट छिपेको छैन । आजभोलि त यसको रूप छताछुल्ल हुन लागिरहेको छ । जलविद्युत्को विकासका लागि हो वा अन्य कारणहरू जस्तै भ्रष्टाचार गर्ने थलोको रूपमा बदल्ने हो केही नीति र कार्यनीतिहरू बनाइए र लागू गरिए । त्यस ताकाका कतिपय नीतिनियमहरूले हालसम्म पनि निरन्तरता पाइरहेकै छन् । यिनै नीति र कार्यनीतिको जगमा उभिएर राजनीतिमा संलग्न नेतादेखि कार्यकर्ताहरूसम्मले नेपालका खोला झोलामा बोकेर हिँडेका नजीरहरू खोज्न धेरै टाढा गइराख्न पर्दैन । जलविद्युत्का लागि शीप, ज्ञान र स्रोत नभएका विभिन्न दलका नेता तथा कार्यकर्ताले खोलाजति सबै झोलामा कुम्ल्याउनुको सीधा अर्थ हुन्छ, भ्रष्टाचार । अर्थात् वास्तविक जलविद्युत् उत्पादकहरूले राजनीतिमा संलग्न मानिसहरूसँग विद्युत् उत्पादन गर्ने इजाजतपत्र किन्न पर्ने बाध्यात्मक परिस्थितिको सृजना विगतमा नभएका होइनन् । नदीनाला, खोला र खोल्साहरू राष्ट्रका सम्पत्ति हुँदाहुँदै पनि जलविद्युत् विकासका नाममा व्यक्तिविशेषका झोलामा कैद बनाइए । यो प्रक्रियाको निरन्तरताले बिजुली उत्पादन गर्न इजाजतपत्र लिने तर झोलामा थन्क्याउने प्रवृत्ति यसको विकासका लागि बाधक नै हुन पुग्यो । वास्तविक उत्पादकहरूले राजनीतिज्ञसँग इजाजतपत्र किन्नुपर्ने बाध्यता हुन लाग्यो । यसले निजीक्षेत्रको स्रोतसाधन र शीपलाई निरुत्साहित बनायो । फलस्वरूप आशातीत आन्तरिक शीप र स्रोतको परिचालन हुन सकेन । यति हुँदाहुँदै पनि निजीक्षेत्रको पहलमा नेपालको स्रोतसाधन र शीप प्रयोग गरेर केही जलविद्युत् आयोजनाहरूको निर्माण भए र केही निर्माणाधीन छन् । आज लोडशेडिङको समयावधि कम हुनुमा निजीक्षेत्रबाट उत्पादित जलविद्युत्को अहम् भूमिका रहेको छ भन्न सकिन्छ ।  राजनीतिक अस्थिरता, खिचातानी र कुशासनका कारण जलविद्युत् विकासमा खिम्ती र भोटेकोशीजस्ता एकाध आयोजनाबाहेक अन्य आयोजनामा बाह्य स्रोतको परिचालन हुन सकेन । भारतको जीएमआर र चीनको थ्री गर्गेजले क्रमशः अपर कर्णाली र पश्चिम सेतीको निर्माणका लागि पहल गरे तर यी आयोजनामा लगानी हुन नसकेर अलपत्र छन् । यसले के देखाउँछ भने चाहे आन्तरिक हुन् वा बाह्य क्षेत्रका विद्युत् उत्पादकहरू हुन्, आयोजनाहरूको इजाजतपत्र मात्र हत्याएर आलेटाले गर्ने प्रवृत्तिले वास गरिरहेको छ ।  आशाका किरण भारत सकारात्मक हुँदा नेपालको जलविद्युत् दक्षिण एशियाली मुलुकहरू विशेषगरेर बंगलादेश, भुटान र पाकिस्तानमा निर्यात गर्न सकिन्छ । विगतमा भारतले नेपालको जलविद्युत् विकासका लागि चासो देखाएको थिएन । यसको विकासमा चासो देखाएको भए पनि चीनको जलविद्युत् विकासका लागि हुने प्रवेशलाई फितलो बनाउने उद्देश्यबाट प्रेरित मात्र छ र आज पनि यो चिन्तनले जरो गाडिरहेको छ भन्न सकिन्छ । भारतले नेपालको जलविद्युत् विकासका लागि पहल गरिरहेको छ भन्ने प्रमाण अरूण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाटको निर्माण र नेपालको बिजुली भारतीय भूमि हुँदै बंगलादेशसम्म पुर्‍याउन दिने सोचाइले प्रमाणित गरिरहेको छ । भारत आफै पनि नेपालका ठूलाठूला जलविद्युत् आयोजनाहरूमा लगानी गरी भारततर्फ लैजाने तरखरमा लागिपरेको छ । यसका लागि कतिपय जलविद्युत् आयोजनाहरूको निर्माणका लागि सन्धि समझदारी भइसकेका छन् भने कतिपय हुने तयारीमा छन् । नेपालको जलविद्युत् विकासमा भारतमा यति बढी चासो रहनुका पछाडि अनवीकरणीय ऊर्जाको विस्थापन नवीकरणीय ऊर्जाबाट गराउने अभिप्राय नै हो । यसका लागि भारतले नेपालको बिजुली किन्ने नीति बनाएको छ । यसैको आधारमा नेपालले भारतमा बिजुली निर्यात गरिरहेको पनि छ । तर, वास्तविकता के हो भने नेपालमा वर्षायामको समयमा जम्मा २ हजार ५०० मेगावाट बिजुली उत्पादन हुन सक्छ । बिजुली खपत बढाउने नीतिमा सुधार भएमा यसले नेपालीहरूको आन्तरिक मागलाई सम्बोधन गर्न नै अपुग हुन्छ । निर्यात गरेर धन आर्जन गर्ने सपना अधूरो नै रहने कुरामा शंका गर्न सकिँदैन ।  पहिलोपटक बंगलादेशको सहभागिता भारतको सकारात्मक सोचका कारण नेपालको जलविद्युत् विकासमा बंगलादेशले लगानी गर्न उत्सुकता देखाइरहेको छ । फलस्वरूप, ६ सय ८३ मेगावाट बिजुली उत्पादन क्षमता भएको जलाशययुक्त सुनकोशी–तेस्रो जलविद्युत् आयोजनाको निर्माणका लागि लगानी गर्न सम्झौता तयार भइरहेको छ । यो आयोजनाको निर्माणमा १ खर्ब ६० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो आयोजनाबाट वार्षिक २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये ६२ करोड २३ लाख युनिट बिजुली हिउँद यामको समयमा उत्पादन हुने प्रक्षेपण गरिएको छ । यसले हिउँद याममा नेपालमा नै अपुग हुने बिजुलीको आपूर्ति भई नवीकरणीय ऊर्जामा आत्मनिर्भर हुने कुरामा विश्वस्त हुन सकिन्छ । हाल वर्षायाममा भारततर्फ बिजुली निर्यात गरेको भए तापनि हिउँद याममा बिजुली भारतबाट आयात नगरे फेरि लोडशेडिङमा जानुपर्ने अवस्था छ । हुन त लोडशेडिङमुक्त नेपाल भन्ने गरिए पनि औद्योगिक क्षेत्रहरूमा हालसम्म पनि लोडशेडिङ भइरहेको तथ्यलाई कसैले पनि नकार्न सक्दैन ।  यो आयोजनाबाट उत्पादित बिजुली बंगलादेशले लैजाने उद्देश्य रहेको छ । हाल बिजुलीको आदानप्रदान भारत र नेपालको बीचमा मात्र भइरहेको छ । यो आयोजनाको निर्माणपश्चात् वा त्योभन्दा अगावै तेस्रो मुलुक बंगलादेशमा बिजुली निर्यातको व्यापारले मूर्तरूप लिनसक्छ कि भन्ने आशाका किरणहरू पलाइरहेका छन् । तर, आयोजना कार्यान्वयन पक्षका जटिलताहरू पर्याप्त मात्रामा छन् । डुबान क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जा, विस्थापितको पुनर्वासको सुनिश्चितता, आवश्यक पूँजीका लागि द्विपक्षीय र बहुपक्षीय लगानीकर्ताको खोजी र सुनिश्चितता आदिको व्यवस्थाका लागि सरकारले अथक प्रयत्न गर्नुपर्ने देखिन्छ । यो आयोजनाको कार्यान्वयन विपक्षमा उत्पन्न हुन सक्ने कुनै पनि अवरोधबाट पछि नहट्ने अडान जरुरी देखिन्छ ।  लेखक अर्थशास्त्री हुन् ।

विराट रहेन विराटनगर

मुलुकमा औद्योगिक युगको ढोका खोल्ने विराटनगर लामो समयसम्म देशको राजनीतिक ‘कमाण्ड’ को पनि केन्द्र थियो । तर, गौरवपूर्ण विगत र सत्ता–राजनीतिमा बलियो पकड हुँदा पनि यो शहरले कुनै फड्को मार्न सकेन ।

मौकाले प्रदेश सांसद, अर्थमन्त्री हुँदै राजनीतिमा फड्को

सीता प्रत्यक्ष चुनाव जित्ने देशभरकै एक्ली दलित महिला सांसद हुन् । संघमा ८ जना र प्रदेशहरुमा १४ जना महिला चुनिँदा दलित महिला उनी एक्ली छन् । देशभरमै दलित महिलालाई दलहरुले उम्मेदवारको हुनबाटै बञ्चित गर्दै आएका छन् । एमालेले पनि अर्काले इन्कार गरिसकेपछि मात्र सीतालाई उम्मेदवारका रुपमा उभ्याएको हो ।

राजनीतिमा फड्को मार्नका लागि एमाले-कांग्रेसको संयुक्त सरकार बन्नुपर्छ: गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्नुपर्ने बताएका छन्।...

चिकित्साबाट अब राजनीतिमा फड्को – देशसञ्चार

प्रसिद्ध चिकित्सक डा. चन्दा कार्की नेपाल स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद बन्ने पक्का भएको छ। कसरी तय भएको थियो उनको राजनीतिक यात्रा ?

आरजु देउवाको शक्ति ह्वात्तै बढ्यो, प्रथम महिला प्रधानमन्त्री बन्लिन् ?

काठमाडौं, ६ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको राजनीतिमा तल्लो तहदेखि काम गरेर सभापति सम्म बने । उनी दुईपटक सभापति निर्वाचित भइसकेका छन् । देउवाको जीवनमा डा. आरजु राणा देउवा आएपछि भने उनले झन् राजनीतिक फड्को मारे । राणा परिवारकी आरजु विद्यावारिधी गरेकी छिन् । विदेशमा पढेकी र राजनीति बुझेकी उनले देउवालाई महत्वपूर्ण साथहरु […]

राजनीतिमा झाँक्रीको फड्को: जोखिम मोलेरै थुप्रै सिनियरलाई पछि पारिन्

काठमाडौँ– राजनीतिमा जोखिम मोल्ने क्षमताकै कारण रामकुमारी झाँक्री आफूभन्दा धेरै सिनियरलाई पछि पार्दै मन्त्री बन्न सफल भएकी छिन्। एकीकृत समाजवादीकी सचिव एवं सांसद रामकुमारी झाँक्रीले शुक्रबार सहरी विकासमन्त्री बन्ने सौभाग्य पाएकी छिन्। उनीसँगै देशले थप १८ मन्त्रीहरु पाएका छन्। अब मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित २२ मन्त्रीहरु र तीन राज्यमन्त्रीहरु छन्। २०३५ जेठमा गुल्मीको मदानेमा जन्मिएकी झाँक्री विद्यार्थी […]

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै पर्यटनले फड्को मार्छ : मन्त्री ढकाल

२२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार …

चुनाव जितेर फड्को मार्ने दाउमा नयाँ अनुहार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरीबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेता प्रतिस्पर्धामा उत्रिएकाले चासोका साथ हेरिएको छ । यहाँबाट दुई बहालवाला मन्त्री, एक राज्यमन्त्री र नाम चलेका नेता चुनावी प्रतिस्पर्धामा उत्रिएकाले सबैको चासो बढेको हो । सुनसरीमा पुराना नेता विजयी भएर साख जोगाउने रणनीतिमा छन् भने नयाँ उम्मेदवार चुनाव जितेर राजनीतिमा फड्को मार्ने दाउमा छन् ।