काठमाण्डाै - अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको छ । देशका धेरै ठाउँमा तुवाँलो लागेका कारण भिजिबिलिटी घटेको हो।
मौसमविद् निराजन सापकोटाका अनुसार आज भिजिबिलिटी ५ हजार मिटरमा झरेको छ । हिजो अस्ति सात/आठ हजार मिटर हुने गरेको थियो । अहिले हवाई सेवामा भने सञ्चालन भइरहेका छन् ।
भिजिबिलिटी ३ हजार मिटरसम्म हुँदा उडान अवतरण हुने गरेको छ । मौसम धुम्म भएका बेला र तुवाँलो लागेका बेला भिजिबिलिटी कम हुन्छ । यस्तै, अहिले भारतबाट प्रदूषणयुक्त हावा नेपाल आउन थाल...