आईजीपी बढुवा विरुद्ध मुद्दा लडिरहेका एआईजी पोखरेलको सरुवा

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध मुद्दा लडिरहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई मानवश्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गर्ने निर्णय गरेको छ । सर्वोच्चमा पोखरेलले दायर गरेको रिटमा जेठ ३० मा सुनुवाइ हुँदै छ ।मन्त्रिपरिषद्ले एआईजी रवीन्द्रबहादुर धानुकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी)बाट एआईजीमा बढुवा भएका ५ जनालाई पदस्थापन गरिएको छ । प्रहरी

सम्बन्धित सामग्री

आईजीपी बढुवा विवादको मुद्दामा हेर्दाहेर्दैमा

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चूडालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। सोमबार भएको सुनुवाइ नसकिएपछि अर्को पेशी असार ५ गते आइतबारका लागि तोकिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले मुद्दा दायर गरेका थिए। दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएको थियो।सरकारले पहिलो वरीयतामा

आईजीपी बढुवा विवाद मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा यहि जेठ १७ गतेदेखि अन्तिम सुनुवाई भईरहेको छ । सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै पहिलो बरियतामा रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो । पोखरेलले बढुवाका लागि […]