काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चूडालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। सोमबार भएको सुनुवाइ नसकिएपछि अर्को पेशी असार ५ गते आइतबारका लागि तोकिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले मुद्दा दायर गरेका थिए। दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएको थियो।सरकारले पहिलो वरीयतामा