धान उत्पादन कम भएपछि चामल खरिद गर्दै खाद्य संस्थान

गत वर्ष कात्तिकमा आएको बेमौसमी बाढीका कारण सुदूरपश्चिम प्रदेशमा धान खेतीमा क्षति पुगेपछि खाद्य संस्थानले यस वर्ष चामल खरिद गरेर ढुवानी गर्नुपरेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिमले यहाँ ३२ हजार क्विन्टल मोटा चामल र पाँच हजार क्विन्टल जिरा चामल खरिद गरिरहेको छ ।विगतमा धान खरिद गर्ने र चामल कुटाइ गरेर यहाँका पहाडी जिल्लामा ठेक्का प्रक्रियामार्फ

सम्बन्धित सामग्री

किसानको धान छाडेर व्यापारीको चामल किन्ने योजनामा खाद्य संस्थान

धनगढी : नेपाल खाद्य संस्थानको धनगढी कार्यालयले यस वर्ष किसानको धानभन्दा धेरै व्यापारीको चामल खरिद गर्ने योजना बनाएको छ। सरकारले धानको मूल्य समयमा सार्वजनिक गरे पनि खाद्य संस्थानले धान खरिद प्रकृया सुरु नगर्दा चामल खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको हो । ‘केन्द्र सरकारले भदौमा धानको मूल्य तोकेको थियो तर, हामीलाई त्यो...

मूल्यसूची नपुग्दा जुम्लाका सर्वसाधारणले चामल खरिद गर्न पाएनन्

काठमाडाैं । तीन साताअघि नेपालगन्जबाट तीन सय ४० क्विन्टल चामल हेलिकोप्टरमार्फत नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्ला पुगेको छ । तर, काठमाडौंबाट मूल्यसूची नपुग्दा सर्वसाधारणले खरिद गर्न पाएका छैनन् ।   ‘चामल किनौँला भनेर ...

अनुदानको चामल दुरुपयोग गर्दै मदिरा उत्पादन

नेपाल खाद्य संस्थान जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ । संस्थानले अनुदानमा बिक्री वितरण गर्दै आएको मोटो चामल स्वादिलो नहुने र घरेलु मदिरा उत्पादनका लागि उपयुक्त हुने उपभोक्ता बताउँछन् । सोही कारण उपभोक्ताहरूले संस्थानबाट अनुदानमा चामल खरिद गरी मदिरा बनाउन प्रयोग गर्ने गरेका छन् ।