अनुदानको चामल दुरुपयोग गर्दै मदिरा उत्पादन

नेपाल खाद्य संस्थान जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ । संस्थानले अनुदानमा बिक्री वितरण गर्दै आएको मोटो चामल स्वादिलो नहुने र घरेलु मदिरा उत्पादनका लागि उपयुक्त हुने उपभोक्ता बताउँछन् । सोही कारण उपभोक्ताहरूले संस्थानबाट अनुदानमा चामल खरिद गरी मदिरा बनाउन प्रयोग गर्ने गरेका छन् ।