विपत्तिपछि बिर्सिइएको जिम्मेवारी : टर्किएले सम्झाएको विपद् व्यवस्थापन

हजारौं मानिसको ज्यान जाने गरी टर्किए र सिरियामा गएका शक्तिशाली भूकम्पले ७ वर्षअघि नेपालको भूकम्पको स्मरण गराइदिएको छ । विपत्ति व्यवस्थापनका अनुसन्धानकर्ताहरूले टर्कीए र सिरियामा भूकम्प प्रतिरोधी संरचनाहरूको अवस्था निकै खराब रहेकाले त्यहाँ हताहतीको संख्या अझ बढ्ने बताइरहेका छन् । हामीकहाँ २०७२ वैशाख १२ गते गएको र अहिले टर्किए र सिरियाले सामना गरिरहेको भूकम्पको मापन समान ७ दशमलव ८ रेक्टर गरिएको छ । भूकम्पको मापनमात्र समान होइन, प्रतिरोधी संरचना र प्रतिकार्यमा पनि यी दुई विपत्तिमा समानता देखिएको छ । भूकम्पको कुनै पूर्वानुमान अहिलेसम्म हुन सकेको छैन । तर, प्रतिरोधी संरचना र विपत्पछिको प्रतिकार्यको पूर्वतयारी प्रभावकारी भएमा क्षति न्यूनीकरण गर्न सकिन्छ । भूकम्पपछि २४ घण्टाभित्रको उद्धार महत्त्वपूर्ण हुन्छ । ती देशमा पनि अहिले भूकम्पछिको उद्धार प्रभावकारी हुन नसकेकोमा आलोचना भइरहेको छ । हामीकहाँ करीब ९ हजार मानिसको ज्यान लिएको त्यो प्रलय प्रभावितमध्ये कतिपयले अझै पनि राज्यबाट घोषणा गरिएको राहत नै पाएका छैनन् । मापन, व्यापक मानवीय तथा भौतिक क्षति, प्रतिरोधी संरचनाको कमजोर स्थिति, कमजोर पूर्वतयारी र प्रतिकार्यलगायत पक्षमा समानता देखिएको यो भूकम्पले २०७२ को त्यो विपत्तिको त्रासदीलाई मात्र स्मरण गराइदिएको छैन, त्यतिबेला निकै चर्चामा आएका तर पीडा मत्थर भएसँगै ओझेलमा परेका सुरक्षा र सचेतनाका विषयको चर्चालाई पनि सान्दर्भिक बनाइदिएको छ । २०७२ सालको भूकम्पलाई प्राविधिक रूपमा १९९० साल (८ दशमलव ४ रेक्टर) पछिको दोस्रो भनिए पनि जनधनको क्षतिमा हालसम्मकै ठूलो हो । २०७२ सालको प्राकृतिक विपद्ले संविधान निर्माणका सवालमा राजनीतिलाई एक ठाउँमा त उभ्याइदियो तर भूकम्प र अन्य यस्तै विपद्को जोखिम न्यूनीकरणको कार्यभारबाट राजनीति उदासीन देखियो । २०७२ को भूकम्पलगत्तै सरकारले विपत्तिबाट धनजनको कम क्षति होओस् भन्न गरिने पूर्वतयारी निकै कमजोर भएको भन्दै निकै आलोचना भएको थियो । त्यसबेला क्षति न्यूनीकरणका लागि स्रोत र संरचनाको पूर्वतयारीका बारेमा निकै मन्थन भए । तर, भूकम्पको पीडा केही मत्थर भएसँगै ती सबै चेतना हराएर गए । कुनै पनि आपत् आइलागेपछि त्यसमा चर्का चिन्तन र मन्थन हुने तर समस्या सहज बन्दै जाँदा त्यतिखेरका तत्परता हराएर जाने हामीकहाँ पुरानै रोग हो । यो पुनरावृत्तिमात्र भइरहेको छ । आपत् आइलाग्दा चर्का बहस गर्ने र सकस समाधान हुनासाथै प्राथमिकता बिर्सिने प्रवृत्ति समस्याको मूल जड हो । भूकम्पलगत्तै ५ वर्षभित्र भूकम्पीय प्रतिरोधका मापदण्डसहितको पुनर्निर्माणको तानाबाना बन्यो । त्यसका लागि पुनर्निर्माण प्राधिकरण नै बनाइयो । तर, प्रधानमन्त्रीको नेतृत्वमा बनाइएको यो निकाय सत्तासीनमा कार्यकर्ता भर्ती गर्ने थलो नै बढी बन्यो । प्राधिकरण विघटन भइसक्यो, भूकम्पबाट क्षतिग्रस्त कतिपय पुरातात्त्विक र पर्यटकीय महत्त्वका संरचनाहरू अहिले पनि टेकोमा उभिएका छन् । पुनर्निर्माणका लागि कति खर्च लाग्ने हो भन्नेमै अन्योलमा रुमलिएको सरकारबाट प्रभावकारी पुनर्निर्माणका अपेक्षा नै गलत हुन सक्छ । यो त भयो पुनर्निर्माणको कुरा, त्यतिबेला निकै चर्चामा आएको सुरक्षित आवास र बस्ती निर्माणको विषय सेलाएर गयो । त्यसबेला भूूकम्पबाट प्रभावित ३१ जिल्लामध्ये अधिक क्षतिग्रस्त १४ जिल्लाका जोखिमयुक्त १ सयभन्दा बढी बस्ती तत्काल स्थानान्तरण गरिनुपर्ने सुझाव संसदीय उपसमिति र स्थानीय दैवी प्रकोप उद्धार समितिहरूले दिएका थिए । हामीकहाँ भूकम्पबाट बढी क्षति हुनुका पछाडि भौतिक संरचना प्रतिरोधी नहुनुमात्रै करण थिएन, भौगर्भिक अध्ययनविनै निर्माण गरिनु पनि क्षतिको कारणका रूपमा बुझिएको थियो । भौगर्भिक अध्ययनका साथै काठमाडौं उपत्यकाभित्र १० ओटा र नगरपालिकाहरूमा प्रति २५ हजार जनसंख्याबराबर एउटा खुला स्थान निर्माण गरिने घोषणा गरेको थियो । ती सचेतना अहिले ओझेलमा परेका छन् । राष्ट्रिय योजना आयोगले भूकम्पीय क्षतिको पुनर्निर्माणसँगै जोखिम न्यूनीकरणको दीर्घकालीन योजना पनि बनाएको थियो, त्यो योजना कहाँ पुग्यो अत्तोपत्तो छैन । संरचना निर्माणमा भूउपयोग नीति र राष्ट्रिय भवन निर्माण संहिताको कार्यान्वयनको कुरा पनि उठेको हो । यसका लागि त्यति बेला भवन निर्माणको स्वीकृतिमा रोक पनि लगाइएको हो । भूकम्पलगत्तै बाहिर आएको एक तथ्यले हामीकहाँ निर्माण भएका कुल घरमध्ये ९५ प्रतिशतले मात्रै निर्माण आचारसंहितालाई अपनाएको पाइएको थियो । २०७२ को भूकम्पछि भवनको प्रतिरोधी क्षमताका केही सतर्कता देखिए पनि त्यसको प्रभावकारी नियमन छैन । नियम बनाएरमात्र हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन मुख्य कुरा हो । भूकम्पपछिको पुनर्निर्माणलाई एकीकृत बस्ती विकास कार्यक्रमका रूपमा अघि बढाउने भनिएको थियो । प्रत्येक ७० देखि १ सय वर्षमा ठूला भूकम्प दोहोरिने हाम्रो भौगोलिक जोखिममा एकीकृत बस्ती विस्तारलाई देशव्यापी तुल्याउनु आवश्यक भए पनि पछिल्लो समय त्यसमा चरम उदासीनता देखिएको छ । भूकम्पको कुनै पूर्वानुमान अहिलेसम्म हुन सकेको छैन । तर, प्रतिरोधी संरचना र विपत्पछिको प्रतिकार्यको पूर्वतयारी प्रभावकारी भएमा क्षति न्यूनीकरण गर्न सकिन्छ । भूकम्पपछि २४ घण्टाभित्रको उद्धार महत्त्वपूर्ण हुन्छ । ४८ घण्टापछिको उद्धारबाट मानिसलाई जीवितै निकाल्ने सम्भावना कमजोर भएर जान्छ । तत्काल प्रतिकार्यका लागि पूर्वतयारी चुस्त हुन आवश्यक हुन्छ । भूकम्पको पूर्वानुमान नभए पनि आँधी, सुनामी, बाढी, प्राकृतिक विस्फोटजस्ता विपद्को पूर्वानुमान हुने गरेको छ । त्यसअनुसार सतर्कता अपनाइएमा क्षतिको सम्भावना कम हुन्छ । तर, हामीकहाँ अग्रिम तयारी र सतर्कताको अभावमा ससाना घटनामा पनि ठूलै तहसनहस निम्तिने गरेको छ । पछिल्लो समय मौसम पूर्वानुमान र बाढीबारे पूर्वजानकारी दिने गरिएको छ । तर, त्यस्ता सूचनाको विश्वसनीयतामा आम मानिस आश्वस्त हुन सकेको छैन । नेपाललाई मनसुनजन्य विपद्को उच्च जोखिमयुक्त क्षेत्र पनि मानिन्छ । गृह मन्त्रालयका अनुसार १० वर्षमा बाढीपहिरोबाट १ हजार ८९६ जनाको ज्यान गएको छ । वर्षेनि बाढीपहिरोमा जनधनको क्षति हुन्छ । तर, सरकार उद्धार र राहतमा आलोचित हुन्छ । प्रभावितहरूले पाउने पाल र जस्तामा समेत भ्रष्टाचारका समाचार सञ्चारमाध्यममा आउँदा सामान्यजस्तो लाग्छ । स्मरण हुन्छ, कोरोना महामारीमा जनता उपचारका लागि छटपटिँदा सरकारमा बस्नेहरू औषधि र उपचार सामग्रीमा भ्रष्टाचार गर्न उद्यत देखिएका थिए । कोरोना महामारीका बेला स्वास्थ्य पूर्वाधारको आवश्यकतामा निकै चर्चा भयो । कोरोना विपद् मत्थर हुनेबित्तिकै ती आवश्यकता ओझेलमा परे । आइपर्ने विपत्तिबाट क्षति घटाउन पूर्वतयारी मुख्य शर्त हो । प्रत्येक वर्ष विपत्तिका बेला फितलो तयारी प्रकट भइरहेको हुन्छ । जोखिमको सही मूल्यांकन र बलियो तयारी भएमा विपत्तिको सामना सहज हुन सक्छ । तर, विपत्तिको क्षति घटाउने विषय मौसमी बहसजस्तो मात्र बन्नुचाहिँ विडम्बना बनिरहेको छ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा विपद् व्यवस्थापन नमूना अभ्यास

आगलागीजन्य घटनाबाट बच्न सकिने उपाय र घटना भइहाले त्यसपछि गरिने प्रतिकार्यका बारेमा समुदाय अनुशिक्षणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङको दोभान बजारमा विपद् नमूना अभ्यास कार्य सम्पन्न गरेको छ।...

तीन स्थानमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने ललितपुर महानगरको तयारी

१६ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका तीन स्थानमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ । महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । शहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण शहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन स्थानमा उपकेन्द्र खोल्ने […]

विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

काठमाडौँ,२३ मँसिर । शीतलहर, जाडोलगायतका सम्भावित हुनसक्ने जोखिम आँकलन गरी पर्सामा विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार पारिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अनुसार शीतलहर, चिसोका कारण आउने विपद्बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न राहत, उद्धारलाई प्रभावकारीरुपमा अघि बढाउन योजना तयार पारिएको हो । शीतलहर, चीसोका कारण […]

गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ ।  नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो । सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, […]

गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान

नवलपरासीको गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो । सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैँची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेकोे नगरप्रमुख मदनभक्त

नवलपुरमा विपद् व्यवस्थापन अभ्यास

काठमाडौँ,२६ जेठ । नवलपरासीपूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम सुरु हुनै लाग्दा वर्षाका कारण हुनसक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना र श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणको संयोजनमा भएको कार्यक्रममा तीनवटा घटनामा अभ्यास गरिएको थियो । वर्षाको […]

प्रहरीको विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, २१ चैत्र । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ । उक्त तालिम समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे। उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले […]

३१ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

काठमाडौं, २३ पुस। प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम २३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही महाशाखाका […]

सशस्त्रको विपद् व्यवस्थापन शिक्षालयलाई ‘जीवनरक्षक सम्मान’

काठमाडौँ – चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई ‘विपद् व्यवस्थापन जीवनरक्षक सम्मान’ प्रदान गरिएको छ। प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपीनेपाल)द्वारा काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबीच शिक्षालयका प्रमुख कालिदास धौबजीले उक्त सम्मानपत्र ग्रहण गरे। कुरिनटार शिक्षालयका तालिमप्राप्त सशस्त्र प्रहरीले विभिन्न क्षेत्रमा विपद्का बेला ज्यानको बाजी थापेर नागरिकको उद्धारमा महत्वपूर्ण योगदान पुर्‍याएकाले […]