काठमाडौँ। आइएमई पे र दराजबीच ‘दराजवालेट डे’को निम्ति सम्झौता भएको छ। सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।
प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने बताइएको छ।