सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ ।
प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले बिहिबार प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । कोरोना महामारीले मानवजीवन लगायत समग्र क्षेत्रमा व्यापक असर गरेको अवस्थालाई मध्यनजर गर्दै प्रदेशको नीति तथा कार्यक्रमले स्वास्थ्य, पूर्वाधार, उद्योग लगायतका क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।