अरनिको राजमार्ग अन्तर्गत तीनकुनेदेखि सूर्यविनायकसम्म ८ लेनको सडक निर्माण भएको वर्षौं बितेको छ । यो सडकलाई धुलिखेलसम्म विस्तार गर्ने धेरै पटक चर्चा चले पनि अहिले आएर मात्र यसले सार्थकता पाएको छ । यो योजना अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काम गत सोमबारदेखि सुरु भएको हो । अहिले काभ्रेपलाञ्चोकको साँगाबाट सडक निर्माण सुरु भएको छ […]