सूर्यविनायक–धुलिखेल सडक : काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

भक्तपुर – अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ । आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो । सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै […]

सम्बन्धित सामग्री

सूर्यविनायक-धुलिखेल सडक विस्तार : खानेपानी र ढल व्यवस्थापन बाधक

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररूपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ […]

साँगा–धुलिखेल खण्डमा २५ गजको मापदण्ड

काभ्रे।  सूर्यविनायक धुलिखेल सडक खण्ड विस्तारको क्रममा काभ्रेपलाञ्चोक जिल्लाको साँगा देखि धुलिखेलसम्मको सडक खण्डमा २५ गज भित्र मात्रै सडक निर्माण हुने भएको छ । सडक निर्माणका बारेमा जानकारी दिन तथा सुझाव संकलनका लागि जिल्ला समन्वय समिति काभ्रेले जिल्ला स्थित संघीय तथा प्रदेश सांसद, सरोकारवाला क्षेत्रका जनप्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी गराएको थियो […]

सूर्यविनायक–धुलिखेल सडक : काभ्रेपलाञ्चोकको साँगाबाट विस्तारको काम शुरू

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण शुरू भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महीनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण वर्षेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमवारदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार शुरू गरिएको हो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको छ । विस्तार गरिने कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किलोमिटरको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । साँगा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बाँयातर्फ होचो स्थानमा सोमवारदेखि पर्खाल बनाउन थालिएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि रू. चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का परेको थियो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ । रासस

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो ।

सूर्यविनायक–धुलिखेल सडक : बनेपामा २५ गजको मापदण्ड

६ फागुन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ । सडक बिस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डानुसार हाल लगत सङ्कलन कार्य सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले जनाएको छ । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो […]

सूर्यविनायक-धुलिखेल सडक : बनेपामा पच्चीस ‘गज’को मापदण्ड

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ । सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल लगत सङ्कलन कार्य सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक...

सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड तीन वर्षमै बन्ने

अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ।सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि रु चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरेको छ।विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार छ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु नौ अर्ब लाग्ने छ।

भक्तपुर–धुलिखेल सडक विस्तारको प्रक्रिया थालियो

१८ साउन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया थालिएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) थालेको छ । आयोजनाले डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको जनाएको छ । उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने भएको हो । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक […]