राप्रपाले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो। राप्रपाले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा यस सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समय निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । निर्वाचन आयोगले गत माघ २ गते पत्र काटेर राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्र