विराटनगर : ‘दाइ ढलेको दश दिन भयो, अझै लास घर ल्याउन सकेका छैनौँ।’ पदम लिम्बू (लाजेहाङ)की बहिनी पवित्रा लिम्बू लामो सास तान्दै सुनाउँछिन्। राज्यले सहिद घोषणा नगरेसम्म लिम्बूको लास नउठाउने परिवारको अडान छ।लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेको र पहिचानको पक्षमा लड्ने क्रममा देहत्याग गरेकाले दाइलाई राज्यका तर्फबाट सहिद घोषणा नगरेसम्म दाहसंस्कार नगर्ने उनी बताउँछिन्।गत चैत ५ गते कोशी प्रदेश नाम खारेजीको माग राख्दै विराटनगरमा भएको आन्दोलनमा पदम घाइते भएका थिए। उनको धरानस्थित बीप