दार्चुलाको ब्याँसमा हिम पहिरो, यार्सागुम्बा खोज्न गएकाहरू पुरिएको आशङ्का

कैलाली । दार्चुलाको ब्याँस गाउँपालिका- १ मा हिम पहिरो गएको छ । हिम पहिरोमा यार्सागुम्बा खोज्न गएका ८/९ जना स्थानीय पुरिएको आशङ्का गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । उनका अनुसार त्रिपालमा बसिरहेको उनीहरु हिम पहिरोले पुरिएको आशङ्का छ । सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट उद्धार टोली त्यहाँ गइरहेको […]

सम्बन्धित सामग्री

भारतको उत्तराखण्डमा हिम पहिरोमा २ जनाको मृत्यु, २८ जना बेपत्ता

१८ असोज, काठमाडौं । भारतको उत्तराखण्डमा हिम पहिरो गएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको ‘द्रोपदीको डाँडा-२’मा हिम पहिरो गएको हो । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् । हराइरहेका २८ […]

मनास्लुमा फेरि हिम पहिरो, ३ दर्जन टेन्टमा क्षति

काठमाडौं : मनास्लुमा आज बिहान हिम पहिरो गएको छ। मनास्लु बेस क्याम्पमै हिम पहिरो गएको हो। मनास्लु आरोहणमा हिँडेका तासी शेर्पाले घटना पुष्टि गरेका हुन्। उनले हिम पहिरोको दृश्य सार्वजनिक पनि गरेका छन्। हिम पहिरोका कारण बेस क्याम्पमा रहेका करिब ३ दर्जन टेन्टहरुमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको जनाइएको…

‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोको अवरोध

फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ । फिल्मको आइतबार बिहान मुस्ताङको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान नपुर्याएको फिल्मका निर्देशक रामबाबु गुरुङले बताए ।‘हामी बिहानैदेखि फिल्म सुटिङ गर्दै थियौ । सुटिङ स्थल हिम पहिरो खसेको स्थानभन्दा केही पर थियो’ निर्देशक गुरुङले भने, ‘हिम पहिरो खस्न थालेपछि हामीले पनि सुटिङ स्थगित गर्यौ ।’ हिम पहिरोका कारण स्थानीयको सुझावमा निर्माणको पुरै युनिटसहित आफुहर

मुस्ताङमा हिम पहिरोको जोखिम कायमै

काठमाण्डाै - मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।   मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिजो बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका  प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो । हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको उहाँले बताउनुभयो । हि...

अपडेट : मुस्ताङमा भयानक हिम पहिरो, ११ घाइते, कोवाङसम्म असर

मुस्ताङमा गएको भयानक हिम पहिरोमा परेर ११ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको खुट्टा भाँचिएको छ । आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्नेक्रममा ११ जना सामान्य घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीले जनाकारी दिए ।यसैगरी जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले हिम पहिरो भएको ठाउँ जोमसोमबाट धेरै टाढा भएकाले त्यहाँ पुग्न नसकिएको बताए । उनले हिमालबाट हिम पहिरो झरेपछि बग्दै आएको हिउँसँगै

मुस्ताङमा हिम पहिरो, ११ जना घाइते

मुस्ताङ – मुस्ताङमा हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आज आइतवार दिउँसो १२ बजेतिर निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो । हिम पहिराे खस्दा घाइते भएकाहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार चलिरहेको छ । घाइते भएकाहरू मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी भएका प्रहरीले जनाएको छ । हिमपहिरो खसेपछि भागाभाग हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये धेरैजसोक...

मुस्ताङमा हिम पहिरो : भागदौडमा ७ घाइते

मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएको छन् । हिम पहिरो जाँदा भागदौड हुFदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाकारी दिए ।हिम पहिरो गएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, आसपासका स्थानीयको भागदौड हुँदा उनीहरु घाइते भएका हुन् । थासाङ गाउँपालिका, मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो । हिम पहिरोका कारण बेनी–जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले

मुस्ताङको याङदान खर्कमा हिम पहिरो, ३ विद्यार्थी घाइते

काठमाडौँ – मुस्ताङको थासङ गाउँपालिका–२ याङदान खर्कमा आइतबार हिम पहिरो गएको छ। बिहान पौने १२ बजेतिर हिमपहिरो गएको जानकारी स्थानीयबाट प्राप्त भएको र लगत्तै प्रहरी टोली उद्धारका लागि खटिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिएका छन्। हिमपहिरो आएपछि भाग्ने क्रममा कोबाङमा रहेको जनहित माविका तीन विद्यार्थी सामान्य घाइते भएको उनले बताए। प्रमुख […]

मुस्ताङको कोवाङमा ठूलो हिम पहिरो, भागाभाग हुँदा केही मानिस घाइते

मुस्ताङ – मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभाग हुँदा केही मानिस घाइते भएका उहाँले बताउनुभयो । मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको अधिकारीले बताउनुभयो । अहिले घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी भइरहेको छ । पहिरोका कारण केही जनावर मरेकाे ह...

टुकुचे र धवलागिरी हिमालमा हिम पहिरो स्थानीयवासी त्रसित (फोटो फिचर )

न्युज अफ नेपाल, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो गएकाे हाे । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् । आज सम्मकै भयानक हिमपहिरो गएकाे  स्थानीयहरुले बताएका छन् । उक्त […]