अपडेट : मुस्ताङमा भयानक हिम पहिरो, ११ घाइते, कोवाङसम्म असर

मुस्ताङमा गएको भयानक हिम पहिरोमा परेर ११ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको खुट्टा भाँचिएको छ । आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्नेक्रममा ११ जना सामान्य घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीले जनाकारी दिए ।यसैगरी जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले हिम पहिरो भएको ठाउँ जोमसोमबाट धेरै टाढा भएकाले त्यहाँ पुग्न नसकिएको बताए । उनले हिमालबाट हिम पहिरो झरेपछि बग्दै आएको हिउँसँगै

सम्बन्धित सामग्री

मुस्ताङमा ३० वर्ष यताकै ठूलो हिउँ पहिरो, भाग दौडमा ११ घाइते

दुर्गाप्रसाद शर्मा, पर्वत । हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरो जाँदा  ११ जना घाइते भएका छन् । धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिम पहिरो थासाङ गाउँपालिका-२ कोवाङसम्म आइपुग्ने डरमा भाग दौड हुँदा विद्यार्थी र सर्वसाधारण गरी ११ जना घाइते भएका हुन् । स्थानीयवासीले यति ठुलो हिउँ पहिरो ३० वर्षपछि खसेको […]