१२ सय परिवारलाई पुग्ने बायोग्यास बालेर उडाइँदै

दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै छ । सरकार र विश्व बैंकको २०–२० प्रतिशत अनुदानमा कुल साढे २०...

सम्बन्धित सामग्री

दैनिक १२०० परिवारलाई खाना पकाउन मिल्ने बायोग्यास सात महिनादेखि बालेर उडाइँदै

दमकमा साढे २० करोडको परियोजनाको बिजोग  दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्ट (बायाँ) र ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै । सरकार र...

एमाले घोषणापत्र : विपन्न परिवारलाई निःशुल्क विद्युत् उपलब्ध गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपन्न परिवारलाई घरायसी प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । एमालेले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको घोषणापत्रमा भनिएको छ ,“प्रत्येक नागरिकका घरमा विद्युत् सेवा उपलव्ध गराउने ।  विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क  उपलव्ध गराउने ।” बायोग्यास, सौर्य ऊर्जा, वायु उर्जा,...

फोहोरजन्य वस्तुबाट तनहुँमा विद्युत् उत्पादन

वैशाख २१, तनहुँ । व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ ।  व्यास–१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो ।  नगरपालिकाले फोहोरलाई मोहरमा परिवर्तन गर्दै रचनात्मक कार्यको थालनी गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । शुरुमा बायोग्यास प्लान्टबाट उत्पादित ग्यासले गौ संरक्षणमा रहेका गाईवस्तुका लागि कुडो पकाउने, खाना पकाउने, पाहुनाहरुलाई चिया, खाना बनाएर खुवाउनेलगायतका काममा प्रयोग गरिनेछ ।    बायोग्यासबाट जेनेटर जडान गरी विद्युत्मा परिणत पानी तान्ने मोटर जडान गर्ने योजना रहेको नगरपालिकाले जानकारी दिएको छ । ठूलो मात्रामा ग्यास उत्पादन गरी उपभोक्तालाई सिलिन्डरमा भरेर दिन सकिने प्रचुर सम्भावना रहेकाले नगरपालिकाले त्यसतर्फ पनि चासो देखाएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।  पहिलो चरणमा करीब ६० घनामिटर क्षमताको बायोग्यास प्लान्ट निर्माण गरेर ग्यास उत्पादन गरिए पनि यसलाई वृद्धि गर्दै लैजाने सकिए ग्यास उत्पादनमा सहज बनाउन सकिने उनले बताए ।  नगरपालिकाको रू. सात लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रू. सात लाख गरी कुल रू. १४ लाखको लागतमा प्लान्ट निर्माण गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए । पहिलो चरणमा इनारको पानी तानेर तरकारी खेती गर्दै आएका प्रभावित किसानहरुलाई प्राथमिकताका आधारमा निःशुल्क विद्युत् वितरण गर्ने योजना रहेको छ ।  उक्त क्षेत्रमा रहेको १५ ओटा इनारबाट ३० घरका परिवारले  इनारको पानी प्रयोग गरेर तरकारी खेती गर्दै आएका छन् । समुदायमा वितरण गर्दा विपन्न, गरीब, असहाय परिवारलाई प्राथमिकता दिएर निःशुल्क विद्युत् वितरण गर्ने नगरपालिकाको योजना रहेको छ ।  सोही स्थानमा रहेको गौ संरक्षण तथा प्रांगारिक मल उत्पादन केन्द्रले ५२ ओटा गाईलाई संरक्षण गर्दै आएको छ । नगरपालिकाको सक्रियतामा छाडा पशुचौपायाहरु संकलन गरी व्यवस्थित गरिएको हो ।  गाईको मल, मूत्र र कुहिने फोहोरलाई प्रयोग गरी इन्धन निकाल्ने कार्यका लागि वडाध्यक्ष सापकोटको संयोजकत्वमा नौ सदस्यीय कार्य समितिसमेत गठन गरिएको छ । त्यसैगरी भतेरी कृषि सहकारीले सोही स्थानमा नौवओटा पोखरीमा १२ हजार ५०० माछा पालनसमेत गर्दै आएको छ । विद्युत् निकालिएपछि माछा फार्म, गाई फार्मलगायतका स्थानमा समेत विद्युत् जडान गर्ने योजना रहेको वडाध्यक्ष सापकोटाले बताए ।  नगरपालिकाले दमौली क्षेत्रबाट दैनिक फोहोर संकलन गर्दा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै संकलन गरेर विर्सजन गर्दै आएको छ । उक्त प्लान्टको केही दिनअघि मात्रै नगरप्रमुख न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलसहितको टोलीले प्लान्टको अवलोकन गरेको थियो । रासस

भित्रियो इजरायली बायोग्यास प्रविधिः छतमा प्लान्ट, भान्सामा पाइप

१९ कात्तिक, काठमाडौं । शंखमूलस्थितका केशव घिमिरेको परिवारलाई अब नाकाबन्दी भए पनि भोकै बस्नु पर्ने चिन्ता छैन । फोहोरबाट ग्यास निकाल्ने इजरायली प्रविधि भित्रिएपछि उनको घरमा ग्यास सिलिन्डरको युग नै समाप्त भएको छ । 'होम वायोग्यास' …