दैनिक १२०० परिवारलाई खाना पकाउन मिल्ने बायोग्यास सात महिनादेखि बालेर उडाइँदै

दमकमा साढे २० करोडको परियोजनाको बिजोग  दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्ट (बायाँ) र ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै । सरकार र...

सम्बन्धित सामग्री

नेपाल सिलिन्डरको क्षमता ६ लाख थान गर्ने तयारी

पञ्चकन्या ग्रुप अन्तर्गतको नेपाल सिलिन्डर प्रालिले खाना पकाउने एलपी (लिक्विड पेट्रोलियम) ग्यास भर्ने सिलिन्डरको उत्पादन क्षमता दोब्बर बढाएर वार्षिक ६ लाख पुर्‍याउने तयारी गरेको छ । सोहीअनुरूप गत हप्तादेखि सिलिन्डरको उत्पादन दैनिक ८ सय बनाएको छ । यसअघि कम्पनीले दैनिक चार सयवटा सिलिन्डर उत्पादन गर्दै आएको थियो । ‘दुई महिनाभित्र कारखाना दुई सिफ्टमा (दैनिक १६ घण्टा ) सञ्चालन हुन्छ । त्यसपछि दैनिक १६ सय सिलिन्डर उत्पादन हुनेछ,’ कम्पनीका निर्देशक मुकुलमणि दाहालले बताए । करीब रू. २० करोड लगानीमा अमलेखगन्जमा कारखाना स्थापना गरी नेपाल सिलिन्डरले ६ महिनाअघिबाट सिलिन्डर उत्पादन सुुरु गरेको हो । यसले हाल दैनिक ८ घण्टा सिलिन्डर उत्पादन गर्दै आएको छ । अर्को महिनादेखि दैनिक दुई सिफ्टमा काम हुने निर्देशक दाहालले बताए । दुई सिफ्ट सञ्चालन भएपछि यसले दैनिक १६ सय ग्यास सिलिन्डर उत्पादन गर्नेछ । यसपछि नेपाल सिलिन्डर संख्याको हिसाबले एलपी ग्यास भर्ने सिलिन्डर उत्पादन गर्ने सबैभन्दा ठूलो स्वदेशी कम्पनी हुनेछ । नेपालमा अहिले एरोटेक र गृहलक्ष्मीले पनि एलपी ग्यास भर्ने सिलिन्डिर उत्पादन गर्दै आएका छन् । नेपालमै सिलिन्डर उत्पादन गर्नेमा एरोटेक सबैभन्दा पुरानो कम्पनी हो । हाल दैनिक १२ सय सिलिन्डर उत्पादन गर्दै आएको एरोटेक करीब एक दशकदेखि सञ्चालनमा छ । वर्ष ५ अंक ५३, २०६७, भदौ १४–२०

घोराहीमा फोहोरबाट ग्यास उत्पादन

घोराही उपमहानगरपालिका–१६, गुरुवागाउँ निवासी लक्ष्मी चौधरीलाई घरमा खाना बनाउँदा बनाउँदै ग्यास सकिने र सकिँदा बजार गएर ल्याउनुपर्ने समस्या हटेको छ। घर छेउमै स्थापना भएको बायो ग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समस्या हटेको उहाँ बताउनुहुन्छ। विगत डेढ महिनादेखि उद्योगले बायो ग्यास दिन थालेपछि दैनिक भान्सामा काम गर्ने आफू जस्तै महिला दिदीबहिनीलाई सहज भएको लक्ष्मी बताउनुहुन्छ।