देश विदेशका भक्तजनहरुको उपस्थिति रहने मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला नवलपरासीमा सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गर्नुभएको छ । दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, …