मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६७ करोड ४४ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । शुक्रबार बसेको गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनमा पालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली)ले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।पुँजीगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालूतर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्षमा