मोदी गाउँपालिकाको बजेट ७३ करोड

पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गाउँपालिकाको आगामी आर्थिक वर्षको कुल बजेट ७३ करोड, ५२ लाख ५३ हजार ९ सय ४४ रहेको छ । विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ४८ करोड ६९ लाख अर्थात् ६६ दशमलव २२ प्रतिशन र पुँजीगत खर्चतर्फ २४ करोड ८३ लाख ५३ […]

सम्बन्धित सामग्री

पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक

असार १०, पर्वत । पर्वतका सबै स्थानीय तहले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । कुश्मा नगरपालिकाले ७५ करोड २९ लाख रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । विनीयोजित रकम मध्ये प्रशासनिक खर्च तर्फ रु १५ करोड बिनीयोजन गरिएको छ ।  बजेट मध्ये नेपाल सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु १४ करोड १५ लाख, गण्डकी प्रदेशवाट १ करोड ६७ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुने ८ करोड, ८३ लाख २० हजार तथा गण्डकी प्रदेश सरकार र नेपाल सरकारवाट विभिन्न शिर्षकमा प्राप्त हुने अनुदान र आन्तरिक आय समेत बजेटमा समाबेश गरि प्रस्तुत गरिएको छ । बजेटमा समपुरक कोषतर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ रु.१ करोड तथा आकस्मिक कोष÷प्रकोप व्वस्थापन कोषमा ४५ लाख बिनीयोजन गरिएको छ ।  बिहादी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड २७ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ २४ करोड ५३ लाख ४० हजार र पूँजीगत तर्फ १८ करोड ७४ लाख २९ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।  महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष ७८÷७९ का लागि कुल ३९ करोड १२ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महाशिलाले चालु खर्च तर्फ ३ करोड २८ लाख २१ हजार बिनीयोजन गरेको छ भने पुँजीगत तर्फ १५ करोड ४ लाख ७१ हजार बिनीयोजन गरेको जनाएको छ । यसैगरी शसर्त तर्फ संघीय सरकारवाट तोकिएको कार्यक्रममा रु १६ करोड ९७ लाख, विशेष अनुदान संघीय तर्फ १ करोड ८ लाख रुपैया रहेको छ । त्यसैगरी शसर्त अनुदान प्रदेश सरकारतर्फ ६० लाख, समपुरक ४० लाख र जिल्ला समन्वय समिति मार्फत प्राप्त रु ४० लाख र अन्य गरी उक्त बजेट सार्वजनिक गरिएको हो ।  मोदी गाउँपालिकाले  रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा  ससर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पूँजीगत तर्फ विनियोजन पारित गरिएको छ । मोदी गाउँपालिकाले आगामी बजेटमा गाउँपालिका हाइड्रोको हव भएको र विद्युत रोयल्टी समेत प्राप्त हुने कुरा मध्यनजर गर्दै मोदी गाउँपालिकामा २० यूनिट सम्म मात्र खपत गर्ने सबै घर परिवारको २० युनिट सम्मको न्यूनतम शुल्क अनुदान स्वरूप तिर्ने निर्णय गरेको छ । त्यसैगरी ज्याला मजदुरी गर्ने श्रमिकको योगदानमा आधारित श्रमिक कल्याणकारी कोष सञ्चालन गर्ने, दलित र बालबालिका लक्षित सशक्तिकरणको कार्यक्रममा ४२ लाख रुपैया विनियोजन गरेको छ ।  पैयुँ गाउँपालिकाले ४३ करोड ६५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ २३ करोड ८३ लाख रुपैयाँ र पूँजीगत तर्फ १९ करोड ८२ लाख २२ हजार रुपैयाँ बिनियोजन भएको छ ।  पैयुँले कोभिड १९ रोकथामलाई प्राथमिकता दिएको छ । यस्तै गाउँपालिकाले बाँझो जमिनको उपयोग गर्ने, बैदेशिक रोजगारीबाट फर्किएका यूवालाई रोजगारी सृजना लाई पनि जोड दिएको छ ।  जिल्लाकोे फलेवास नगरपालिकाले ८५ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवासनमा चालूतर्फ रू.. ३० करोड ६८ लाख, पूँजीगततर्फ ३९ करोड ३२ लाख र समाजिक सुरक्षातर्फ १५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।  जलजला गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ४५ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । कुल बजेटमध्ये चालूतर्फ आठ करोड र पूँजीगततर्फ पन्ध्र करोड तेइसलाख पचास हजार रुपैयाँ र संघिय सरकारवाट प्राप्त शसर्त अनुदान रू. एक्काईस करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

मोदीको बजेट रु ३७ करोड ४३ लाख

मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४/०७५ का लागि रु ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ ।