काठमाडौं : यतिवेला काठमाडौं महानगर र थापाथलीस्थित नर्भिक अस्पतालबीच अवैध जग्गाबारे जुहारी चलिरहेको छ।सोमबार मेयर बालेन्द्र शाहले अवैध रूपमा सरकारी जग्गामा अस्पताल सञ्चालन गरेको भन्दै खाली गर्न सूचना टाँस गरे। मंगलबार अस्पतालले पत्रकार सम्मेलन गर्दै २४ घण्टामा जग्गा खाली गर्न नसक्ने जानकारी दियो। अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरे।उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत् वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाई जस्ता विरामीको उपचारमा अत