नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जान खोज्दा जालझेल गरेर आफूलाई हटाइएको आरोप लगाउनुभएको छ । बुधबार नेकपा (एमाले)को वृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउने चुनावमा जनादेशबाटै पुनः ठूलो राजनैतिक दलका हैसियतमा जनताले जिताउने विश्वास व्यक्त गर्नुहुँदै सो भनाइ राख्नुभएको हो ।