उच्च अदालत इलाम इजलासमा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले सो इजलासका १ नम्बर न्यायाधीशका बडीगार्डलाई पक्राउ गरेको छ । न्यायाधीशको पिएसओ असई युवराज बानियाँलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए । आइतबार दिउँसो ४ बजेतिर बानियाँले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली केही समयदेखि