खोडपेमा शीतभण्डार सञ्चालन

बैतडी : कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नपा–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ। तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित खोडपेमा करिब ४५ लाख रुपैयाँको लागतमा सम्पन्न भएको उक्त शीतभण्डार जिल्लाकै पहिलो हो। दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञानकेन्द्र बैतडीको १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानी गरी ४५ लाखको लागतमा कोल्ड स्टोर सञ्चालनमा आएको कृषि ज्ञानकेन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए।जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँग

सम्बन्धित सामग्री

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

नवलपुर, ५ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०७९/८० मा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गर्ने गरी […]

एउटै गाउँबाट ५ करोडको सुन्तला विक्री

पर्वत (अस) । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यो वर्ष करीब रू. ५ करोडको सुन्तला विक्री गरेका छन् । अनुकूल मौसमका कारण यस वर्ष सुन्तला खेती फस्टाएकाले किसानले राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला विक्रीबाट गाउँमा राम्रो आम्दानी गरेको सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए । सुन्तला विक्रीबाट गतवर्ष यो गाउँमा ३ करोड भित्रिएको थियो । ‘बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा विक्री गर्दै आएका छौं,’ खत्रीले भने, ‘पोखरा, मुग्लिन, नारायणगढ लगायत बजारबाट व्यवसायी सुन्तला खरिद गर्न आए, माग पूरा गर्नै सकिएको छैन ।’ उनका अनुसार ढिलोगरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ । बाँसखर्कमा खाद्यान्न र अन्य फलफूल उत्पादन हुँदैन । धान, कोदो र मकैभन्दा सुन्तलाखेतीले बढी फाइदा हुने भएपछि किसानले सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । ‘पाँच लाख रुपैयाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्,’ अध्यक्ष खत्रीले भने, ‘१९ लाखसम्म आम्दानी गर्ने किसान समेत छन् ।’ सुन्तला विक्रीबाट आफूले यस वर्ष करीब १३ लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए । यो गाउँमा सबैभन्दा बढी सुन्तला भक्तबहादुर पाइजाले विक्री गर्छन् । सुन्तलाबाट यस वर्ष झन्डै १६ लाख आम्दानी हुने उनले बताए । सुन्तलाको कमाइले बजारमा घरघडेरी नजोडेका किसान निकै कम छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र ‘अफसिजन’मा विक्री गर्न सहज भएको स्थानीय कल्पना खत्रीले बताइन् । तर अधिकांश सुन्तला बोटबाटै विक्री हुने भएकाले अहिले भण्डारण गर्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा वर्षेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तलाखेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले बताएको छ । यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तलाखेतीमा लागेका छन् । पहिले यहाँ कोदो र मकैखेती बढी हुन्थ्यो । अहिले खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ ।

गलकोटमा शीतभण्डार सञ्चालन

गलकोट । स्थानीय उत्पादन ताराखोलाको आलु र मुस्ताङको स्याउ बेमौसममा विक्री गर्ने र आयातित स्याउ, केरा र आलुको सुपथ मूल्यमा बजारीकरण गर्ने उद्देश्यले गलकोटमा शीतभण्डार सञ्चालनमा ल्याइएको छ । सात युवाले सिद्ध भैरव ग्र्रूपमार्फत सामूहिक लगानीमा शीतभण्डारण सञ्चालनमा ल्याएको हुन् । गुल्मीका ईश्वरीप्रसाद ज्ञवाली र गलकोटका ६ युवा मिलेर स्थानीय आलु र स्याउ तथा आयातित केरा, आलु र स्याउको बजारीकरण गर्न दुई करोडको लागतमा शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको हो । अहिले बेमौसमी आलु, स्याउ र केरालाई प्राथमिकतामा राखेर शीतभण्डारण गृह सञ्चालन गर्दै आएको सिद्धभैरव ग्रुपका सञ्चालक ज्ञवालीले जानकारी दिए । ‘हाम्रो मुख्य उद्देश्य ताराखोलाको आलु र मुस्ताङको स्याउलाई शीतभण्डारण गृहमा राखेर बेमौसममा विक्री गर्ने हो, अहिले आलुभन्दा फलफूललाई बढी जोड दिइएको छ,’ शीतभण्डारण गृहको व्यवस्थापकसमेत रहेका उनले भने ।

सस्तोमा कृषिउपज राख्न पाउँदा चनौली शीतभण्डारमा शेयर सदस्य बढे

असार ३०, चितवन  । भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौलीमा निर्माणाधीन चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडमा शेयर सदस्य बढ्दै गएका छन् । शीतभण्डार छिट्टैनै सञ्चालनको तयारीमा रहेसँगै शेयर सदस्य बन्ने किसानहरु बढेका हुन् । सस्तोमा कृषिउपज राख्न पाउने तथा उत्पादन खेर नजाओस भन्ने उद्धेश्यले शीतभण्डार सञ्चालन ल्याउन लागिएको हो ।   चितवन जिल्ला  कृषि क्षेत्रको हब भएको र उत्पादनमा वृद्धि एवं खेर नजाओस भन्ने हेतुले  शीतभण्डारको स्थापना गरिएको छ । शीतभण्डारमा पछिल्लो छ महीनामा मात्र  ३७० जना नयाँ शेयर सदस्य थपिएको छ । कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न विसं २०७० वैशाख २७ मा निर्माण शुरू भएको शीतभण्डारमा हाल ७७५ जना शेयर सदस्य पुगेका छन । शेयर सदस्य थपिएसँगै करीब साढे ३ करोड रुपैयाँ रकम थपिएको चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले जानकारी दिए । हालसम्म कुल शेयर पूँजी ५ करोड ३४ लाख रुपैयाँको हाराहारीमा रहेको उनले बताए । असार मसान्तसम्मलाई मात्र शेयर खुल्ला गरिएकोले सो अवधिमा किसानहरुको संख्या थपिंदै गएको पौडेलको भनाइ छ ।  करीब १५ करोड रूपैयाँको लागतमा सहकारी संस्थामार्फत स्टीलको संरचनामा बन्दै गरेको देशकै पहिलो र अत्याधुनिक लिफ्टसहितको पाँचतले चितवन चनौली शीतभण्डारको भवन निर्माणको काम सकिएर मेसिनरी जडानको  काम अन्तिम चरणमा पुगेको छ ।  अब आउने  असोजबाट जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिए ।  २ हजार ५०० मेट्रिक टन भण्डारण क्षमता रहेको शीत भण्डारमा ५० प्रतिशत स्थान व्यवसायीहरुको लागि उपलब्ध गराइने र ५० प्रतिशत सहकारी तथा शेयर सदस्यहरुलाई उपलब्ध गराइने अध्यक्ष पौडेलले बताए । ‘शेयर सदस्यको लागि सहुलियतमा र व्यवसायको लागि अलग्गै गरी भण्डारणको  गरिनेछ’ अध्यक्ष पौडेलले भने । देशकै नमूना, अत्याधुनिक र बढी क्षमता भएकोले देशभरका किसान तथा व्यवसायीले भण्डारण गर्न पाउने उनले बताए ।  शीतभण्डारमा हाल दुई ओटा लिफ्ट, ट्रान्सफर्मरलगायतका मेसिनरी सामानहरु जडानको काम भइरहेको छ ।  साउनसम्ममा ट्रान्सफर्मर जडान गरेर भदौमा मेसिन परीक्षण गरिने र असोजमा शीतभण्डार सञ्चालनमा ल्याइने पनि उनले  बताए । भवन निर्माणसम्बन्धी काम दुई वर्षअघि नै सकिएको भन्दै पछिल्लो समय कोरोना कहरका बीचपनि कामलाई निरन्तरता दिइएको छ । निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले निर्माणमा ढिलाइ भएको बताउँदै उनले शेयर पूँजी समयमा जुटाउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएपनि अब समयमै सकिने उनले बताए । सो शीतभण्डार सञ्चालनमा आएसंँगै प्रत्यक्षरुपमा ३० जनाभन्दा बढीले रोजगार पाउने उनको भनाइ छ ।  मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना सुरू गरिएको शीतभण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत रहेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीतभण्डारको सिभिलसम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवं किसानको लगानी छ । मेसिनरीमा भने सरकारको ६० प्रतिशत र किसानहरुको ४० प्रतिशत हुनेछ । १५ करोडको लागत अनुमान गरिए पनि लगानी अझै बढ्न सक्ने र परियोजना सम्पन्न हुँदासम्म २० करोड लाग्न सक्ने अनुमान गरिएको छ । शीतभण्डारमा चितवनका ४४ ओटा सहकारीहरुको लगानी रहेको छ । शीतभण्डारको क्षमता पच्चीस सय टनको र अत्याधुनिक लिफ्टसहितको हुनेछ । कृषिजन्य उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममा समेत उपयोग गर्न पिपिसिपी मोडलको आधुनिक उपकरण भएका कारण कृषकका लागि यो उपयोगी र किफायती रहेको बताइएको छ । चनौलीमा शीतभण्डार सञ्चालन गर्ने निर्णयअनुसार विसं २०६९ असार २४ मा चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो । यस परियोजनाले सिजनमा उत्पादन भएका विभिन्न फलफूल तथा तरकारी बेमौसममा विक्री गर्नेछ । परियोजनाले अतिरिक्त आम्दानीका लागि आइस तथा सोसँग सम्बन्धित उत्पादन गरी बिक्रीवितरण गर्ने बताएको छ ।  बेलायतमा एमबिएको पढाइ सकेपछि आफ्नै देशमा केही गर्ने दृढ सोचका साथ नेपाल फर्केर शीतभण्डारको लामो समयसम्म व्यवस्थापकीय भूमिकामा रहेर परिकल्पनालाई मूर्तरुप दिन सफल भएको उनको भनाई छ ।

प्रदेश नं ३ मा १३ शीत भण्डार बन्दै

हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने ...