परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले कृत्रिम गर्भाधान अर्थात् आइभीएफ सेवा पुनः सञ्चालनमा ल्याएको छ । २०७२ सालको भूकम्पपछि प्रसूतीमा आइभीएफ सेवा करिब ५ वर्षसम्म बन्द थियो । अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार आइभीएफ सेवा गत मङ्सिरबाट पहिलो ब्याच सुरु भएको हो । अब दोस्रो ब्याच फागुनकोे दोस्रो साताबाट सुरु गर्ने योजना छ । प्रसूति गृहले ०६९ सालबाट आइभीएफ सेवा सुरु गरेपछि ५ वर्षको अवधिमा १९ ब्याचमा १२९ जनाले सेवा लिएका थिए । यस सेवाको अधिक माग भएपनि