जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् ।सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्ष