काठमाडौं। आज देशभर थप ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै १० हजार १५० जनाको हालसम्म कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रमितमध्ये १.५ प्रतिशतको मृत्यु भएको छ। हालसम्म कुल ७ लाख ९१ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।