काठमाडौं (अस) । सिभिल बैंकले राप्तीमा रहेको खुरखुरे शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिकाका मेयर प्रभा बरालले गरिन् ।
शाखाले खुरखुरेमा वित्तीय पहुँच वृद्धि गर्नुका साथै वित्तीय स्तर बढाउन सक्नुपर्नेमा बरालको जोड थियो । उनले व्यापार व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरण बनाउन प्रोत्साहन गरेकामा बैंकलाई धन्यवाद दिइन् । बैंकले हाल ११४ शाखा, ९ एक्सटेन्सन काउन्टर, ८९ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।