काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् । आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली काँग्रेस, नेकपा हामी सबै माधव नेपालसहित, जनता समाजवादी पार्टी पनि संविधान र राष्ट्र र जनताको पक्षमा छौँ। हामी सबै नयाँ सरकारको पक्षमा छौं ।’उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए