राष्ट्रियसभा उम्मेदवारलाई चुनाव चिन्ह, थापालाई सूर्य

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको हो । बुधबार अपरान्ह राष्ट्रिय सभा सदस्य उपनिर्वाचन बागमती प्रदेशको कार्यालयले हेटौँडामा अन्तिम नामावली प्रकाशनसँगै रामबहादुर थापा बादललाई सूर्य, कृष्णबहादुर तामाङलाई मादल र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

उम्मेदवारलाई यसरी प्रदान गरिँदै छ, चुनाव चिन्ह

काठमाण्डौ – निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् । यस्तै, चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन ।  त्यस्तो उम्मेदवार निर्वाचित भएका सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले जनाएको छ । चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवार...

रविको पार्टीको चुनाव चिन्ह घन्टी

७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् । काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए । उनले निर्वाचन आयोगमा दल दर्ताका लागि २१ सदस्यीय कमिटी बनाएकाे जानकारी द‍िए । पार्टीको कार्यालय काठमाडौंको […]

आफ्नो चुनाव चिन्ह नदेखेपछि मेयर पदका उम्मेदवार धर्नामा

जनकपुरधाम : आफ्नो चुनाव चिन्ह नदेखेपछि जनकपुरधामका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्।निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा धनुषाका लागि प्रकाशन गरिएको नमुना मतपत्रमा आफ्नो चुनाव चिन्ह नदेखेपछि उनी धर्नामा बसेका हुन्।जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि सोमबार धर्नामा बसेका  छन्।साह जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन्। उनले २४ घण्टाभित्र नमुना मतपत्रमा आफ्नो

बालेन साहले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना हो । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किएका छन् ।

भरतपुरमा जगन्नाथलाई भुइँकटहर चुनाव चिन्ह

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गरेका छन्।निर्वाचन अधिकृतको कार्यालयले आफूलाई भुइँकटहर चुनाव चिन्ह प्रदान गरेको पौडेलले थाहाखबरलाई जानकारी दिए। चुनाव चिन्ह प्राप्त गरेसँगै अब चुनावी प्रचारप्रसारमा होमिने उनको भनाइ छ।‘जे चिह्न पाउँछु त्यसैलाई रुख मान्छु’सत्ता गठबन्धनबीच भागबण्डा गर्दा यसपटक पनि भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि उनले स्वतन्त्र उम

बालेन शाहले पाए ‘लौरो’ चुनाव चिन्ह

काठमाडौं, १७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका बालेन शाहले “लौरो” चुनाव चिन्ह पाएका छन्।   आयोगले आज उम्मेद्धवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । जसअनुसार शाहले लौरो चुनाव चिन्ह पाएका हुन् । शाहले काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर प्राप्त गरेका छन् । शाह […]

राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तीर बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् । चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तीर’म

३१ दलले पाएनन् चुनाव चिन्ह

काठमाडौं, १७ फागुन । विवेकशील साझासहित ३१ वटा दलले आगामी चुनावमा चुनाव चिन्ह नपाउने भएका छन् । बैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना दल आन्दोेलित भएका हुन् । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र अन्य दलले […]

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ।निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो।आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ।

नेकपा (एस)ले पायो चुनाव चिन्ह कलम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो […] The post नेकपा (एस)ले पायो चुनाव चिन्ह कलम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.