१३ असोज, काठमाडौं । स्ट्रिट सिंगर मञ्जदरस (एमजे) तामाङलाई बुधबार बसन्तपुरबाट काठमाडौं महानगर प्रहरीले पक्राउ गरेर लग्यो । उनी ललितपुरकी १३ वर्षिया सुभिता खड्काको उपचारको लागि सहयोग संकलन गर्न बसन्तपुरमा गीत गाइरहेका थिए । काठमाडौं महानगरपालिकाले महानगरमा माग्न नपाइने भन्दै तामाङलाई माइक, लाउडस्पिकरजस्ता सामग्री सहित उठाएर कार्यालय पुर्याएको थियो । उनले जाउलाखेलस्थित क्यान्सर अस्पतालमा उपचाररत […]