बंगलादेशमा स्पुतनिक-भी खोप प्रयोग

एजेन्सी। बंगलादेश सरकारले रुसमा बनेको स्पुतनिक-भी खोपको आपत्कालीन प्रयोगलाई अनुमति दिएको छ। बंगलादेशको औषधि प्रशासनका प्रमुख महबुर रहमानले सो जानकारी दिएका हुन्। रहमानले बुधबार भने, "बंगलादेशले रुसमा बनेको स्पुतनिक-भी नामको कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ।" यसअघि बंगलादेशमा एस्ट्राजेनेकाको खोप पनि प्रयोग गरिएको छ। भारतबाट एस्ट्राजेनेका आउन ढिला भएपछि बंगलादेशले रुसी भ्याक्सिनलाई स्वीकृति दिएको हो।