केही वर्षअघिसम्म तीन जिल्लाका चिनी मिललाई ५० प्रतिशत उखु उत्पादन गर्ने निजगढ नगरपालिका यतिबेला केराले ढपक्कै ढाकेको छ । सर्लाहीको इन्दुशंकर चिनी मिल, रौतहटको श्रीराम सुगर र बाराको रिलायन्स सुगर मिललाई ठूलो मात्रामा उखु उत्पादन गरीदिने बारा निजगढका किसान उखु लगाउन छाडेर केरा खेतीतर्फ आकर्षित भएका छन् ।