परम्परागत रुपमा धान खेती गर्दै आएको खेतमा मंगला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले व्यावसायिक सुन्तला र केरा खेती गरेका छन् । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर फर्किएर २०७३ देखि उनले परम्परागत खेती छाडेर व्यावसायिक नगदे बाली सुरु गरेका हुन् । उनले पाँच रोपनी खेतमा ४ सय सुन्तला र तीन रोपनीमा केरा खेती गरेका […]
नवलपरासी । केरा खेतीबाट नवलपरासीका कृषकले राम्रो आम्दानी गर्न थालेका छन् । उखु खेती लगाउँदै आएका नवलपरासीका कृषक केराबाट आम्दानी राम्रो हुन थालेपछि केरा खेतीतर्फ उन्मुख भएका हुन् । नवलपरासी जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिका केरा खेतीको पकेट क्षेत्र हो । यी क्षेत्रमा दुई हजारभन्दा बढी बिगाहामा केरा खेती हुँदै आएको छ । जसबाट २५ […]
काठमाण्डौ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार वर्ष भयो ।
२०५२ सालमा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि कमाइ राम्रै हुँदै आएको बताउनुभयो ।
अहिले आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले वार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
‘राम्रो मूल्य पाए सबै खर्च कटाएर वार्षिक बीस लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘केरा...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका कृषकहरूले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ र मकै बालीको विकल्पमा यहाँका कृषकहरूले खेतका गह्रामा व्यवसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्न बाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने […]
सिन्धुली । सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै गएकाे छ । सिन्धुलीको विभिन्न स्थानमा लगाइएकाे गरिएका केरा खेतीले स्थानीय किसानहरुको जीवनस्तरलाई माथि उकास्न समेत मदत पुगेकाे हाे । परम्परागत रुपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित रूपमा गरिने फलफूलको खेतीले बढी आम्दानी हुने गरेकाे छ । साथै केरा खेतीले जीविकोपार्जनमा समेत सहज हुने स्थानीय किसानहरुले नै बताएका […]
म्याग्दी । म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी व्यवसायिक केरा खेती गरिएको छ । बेनी नगरपालिका २ खबरा, बगरफाँट र रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा व्यवसायिक रुपमा केरा खेती गरिएको हो । व्यवसायिकरुपमा गरिएको केरा खेतीबाट यी गाउँका कृषकहरुले अन्नबालीको तुलनमा पाँच गुणाबढी आम्दानी गर्दै आउनु भएकाे छ । […]
केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनको देखासिकी
गलेश्वर– केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उहाँले गाउँमा नै पक्की […]
काठमाडौँ,१५ असार । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएको छ । लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको […]
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएका छन् ।लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको छ । किसान रानाको खेतबारीमा बढी उत्पादन दिने जी नौ जातको केरा रोपिएको छ । रोपिएको केराको बोटमा घडी (फल) लाग्न सुरु भइसकेको छ । “खेतबारीमा रोपिएका स