१९ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिइरहेको र यसबाट पछाडि फर्किन नसक्ने भन्दै उनले अब निर्णय गर्दा विचार गर्नुपर्ने बताए । […]