सरकारी निर्णयबिनै दस रोपनी हिनामिना

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको ठहर गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडसहित त्रिपक्षीय साझेदारीमा च्याम्पियन फुटवेयर प्रालि स्थापना गरी १० रोपनी सरकारी सम्पत्ति हिनामिना गरिएको जनाएको हो ।

सम्बन्धित सामग्री

सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव !

नेपालगञ्ज – सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव भएका छन्। सहकारी वित्तिय संस्था लिमिटेड नेपालगञ्जको रकम हिनामिना मुद्दाको आइतबारको अन्तिम सुनुवाईमा सरकारी वकिल गायव भएका हुन्। पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका अनुसार, चार वर्षदेखिको मुद्दाको पुस ३ गतेदेखि लगातार बहस भइरहेको थियो। आइतबार अन्तिम थियो। यही दिन सरकारी वकिल उपस्थित भएनन्। […]

ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो । सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो […]

सरकारी जग्गा हिनामिना गरेको भन्दै कामनपा २९ का अध्यक्ष ढकाललाई निलम्बन गर्न माग

सामाजिक विकास समाज, अनामनगरले धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ। मंगलवार काठमाडौंमा...

सकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार

काठमाडौं, बैशाख १३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ । तत्कालीन […]

सकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियारको एक्सन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ ।तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गर

महेन्द्रनगर क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा अख्तियारले ६४ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आईतबार ५ जना तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरू सहित ६४ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहा मध्ये ५७३ बिगाहा जग्गा हिनामिना भएको बारे अख्तियारले लामो समयदेखि छानविन गरिरहेको थियो ।सरकारले २०३५ सालमा नगर विकास समितिलाई सो जग्गा व

ललिता निवासको १४३ रोपनी हिनामिना

बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको छ। यही निश्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउने तयारी गरेको छ। यसबारे ब्युरोको टोलीले तीन वर्ष अनुसन्धान गरेको थियो। त्यस क्रममा १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले बताए। यस्तै, बाटो बनाउने नाममा सात रोपनी हिनामिना भएको अनुसन्धानले देखाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ३६ रोपनीभन्दा बढी हिनामिना भएको भन्दै विशेष अदालतमा मुद्

राजस्व हिनामिना आरोपमा मालपोतका लेखा अधिकृत पक्राउ

राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधवार पक्राउ परेका छन् ।  सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई बनाई १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका अनुसार ५९ वर्षीय परियारलाई काठमाडौंस्थित कागेश्वरीबाट पक्राउ गरिएको छ । उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा बिगो बराबरको रकम हिनामिना गरेको ब्युरोले जनाएको छ । ११ वटा नक्कली बिल भरपाई बनाएर रकम...