राजस्व हिनामिना आरोपमा मालपोतका लेखा अधिकृत पक्राउ

राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधवार पक्राउ परेका छन् ।  सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई बनाई १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका अनुसार ५९ वर्षीय परियारलाई काठमाडौंस्थित कागेश्वरीबाट पक्राउ गरिएको छ । उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा बिगो बराबरको रकम हिनामिना गरेको ब्युरोले जनाएको छ । ११ वटा नक्कली बिल भरपाई बनाएर रकम...