पौराणिक ज्ञानभण्डारमा लिङ्ग महापुराणको छुट्टै स्थान छ । ‘लिङ्गमेकादशं प्रोक्तम्’ अर्थात् यसै पुराणको १।२।३ मा उल्लेख भए अनुसार १८ वटा महापुराणमा यस पुराणको स्थान ११ औंमा पर्छ ।
‘लैङ्गं तु गुल्फकम्’ अर्थात् पद्पुराण स्वर्ग खण्ड ६२।५ का अनुसार यो पुराण पुराणपुरुषोत्तम भगवान्को अंगबिग्रहमा गोलीगाँठो मानिएको छ । गीताप्रेस गोरखपुरको पुराणकथांकमा यस पुराणको २ भाग रहेको उल्लेख छ ।
यस अनुसार पहिलो भागमा १०८ र दोस्रो भागमा ५५ गरी कूल १६३ अध्याय छन् । भागवतमा व्यासजीले यस पुराणको श्लोकसंख्या ११ हजार रहेको ...