यातायात व्यवसायीले सडक मै तेर्स्याए गाडी

मुगु । मुगुस्थित रारा छायानाथ यातायात प्रालिले आफ्ना सवारी साधनहरु सडक मै तेर्स्याएका छन् । नगरपालिकाले बसपार्कमा सवारी साधनहरु नराखेको भन्दै शुक्रवार यातायात प्रालिका चालकमाथि नगरपालिका कर्मचारीले हातपात गरेको आरोप लगाउदै सवारी साधन सडक मै तेर्स्याएका हुन । नगरप्रमुख विष्णुकुमार भामका अनुसार जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा विभिन्न मितिमा भएका बैठकमा सडकमा बस नराख्ने,सबै बस बसपार्कमा राख्ने, […] The post यातायात व्यवसायीले सडक मै तेर्स्याए गाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बागमतीमा भाडा विवाद चुलियो

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा विवादले यातायात व्यवसायी र बागमती प्रदेश सरकारबीच समस्या देखिएको छ। भाडा बढाउनु पर्ने माग राखी यातायात व्यवसायी आन्दोलित छन्।बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भने सार्वजनिक यातायातको भाडा दर समायोजनको प्रक्रियामा रहेकाले बन्द, हडतालजस्ता विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ। सोमबार काठमाडौँ उपत्यकामा यातायात व्यवसायीले साङ्केतिक रूपमा सडक किनारमा गाडी रोकेर भाडादर वृद्धिको माग गरेपछि मन्त्रालयले सो आग्रह गरेको हो। प्रदेशभित्रका रुटहरूमा भाडा समायोजनको प्रक्रिया अन्तिम...

मंगलवारदेखि हेटौंडा केन्द्रित आन्दोलन गर्दै यातायात व्यवसायी

काठमाडौं । स्थानीय रूटमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडादर बढाउनुपर्ने माग राख्दै सोमवार बिहानैदेखि काठमाडौंमा आन्दोलन गरेका यातायात व्यवसायीले मंगलवारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा आन्दोलन गरेर आफ्ना माग पूरा नहुने भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् । दिनभर आन्दोलनमा रहेका व्यवसायीले सोमवार बेलुका बैठक बस्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न र आफ्ना माग पूरा गराउन प्रदेश राजधानी जाने निर्णय गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले मंगलवारदेखि नै आफूहरू मुख्यमन्त्री र विभागीय मन्त्रीको कार्यालय घेराउ गर्न हेटौंडा जाने बताए । ‘बरु हामी दशैं मनाउँदैनौं, तर आफ्ना माग पूरा गराएरै छाड्छौं,’ उनले भने । व्यवसायीले छाटो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाउनुपर्ने माग राख्दै काठमाडौंको चक्रपथमा चल्ने गाडी बाटोमै तेस्र्याएर आन्दोलन गरेका थिए । व्यवसायीले ग्वार्को, कोटेश्वर, गौशाला, सातदोबाटो, चाबहिल, सुकेधारा, कलंकी लगायत स्थानमा खाली गाडीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । उनीहरूले गाडीले यात्रु बोकेको पाएमा बीच बाटोमै रोकेर हिँड्न बाध्य पारेका थिए । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सवारीसाधनमा पहिलेको भाडादरमा २८ प्रतिशतले वृद्धि गरे पनि प्रदेश अन्तर्गतका जिल्लामा चल्ने सवारीसाधनमा भने भाडादर बढाएको छैन । यी जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने भए पनि बागमती प्रदेशले छोटो दूरीका सवारीसाधनमा भाडा बढाउनेबारे हालसम्म कुनै निर्णय नगर्दा व्यवसायी आन्दोलित भएका हुन् । सोमवारको आन्दोलनमा काठमाडौंसहित धादिङ, रसुवा, मकवानपुर, सिन्धुपाल्चोक लगायत जिल्लाका ७२ ओटा कम्पनीका करीब ५ हजार सवारीसाधन र त्यसमा काम गर्ने १० हजार मजदूर रहेका थिए ।

दशैँका लागि ११ गतेदेखि गाडीकाे अग्रिम टिकट बुकिङ खुल्ने

काठमाण्डाै – दशैँका लागि काठमाण्डाै उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले आज बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दुरीका गाडीकाे अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र गाडी चलाउन समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट बुकिङ खोल्नुपर्ने बताउँदै आएका थिए ।भोलि शुक्रवा...

देशैभरि सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी चलाएनन्, यात्रुको बिजोग

काठमाडाैं । सिण्डिकेटधारी यातायात व्यवसायी गरेकाे यातायात बन्दका कारण शुक्रबार देशैभरी प्रभाव परेकाे छ ।  काठमाडौंसहित प्रदेश राजधानीमा पनि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।   विहानदेखि सबै ठाउँका सडक र बसपार्कसमेत सुनसान देखिएका ...