काठमाण्डाै – दशैँका लागि काठमाण्डाै उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले आज बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दुरीका गाडीकाे अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र गाडी चलाउन समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट बुकिङ खोल्नुपर्ने बताउँदै आएका थिए ।भोलि शुक्रवा...