नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको बताएका छन् । निर्देशक घिसिङले यसबाट जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए । सो आयोजनाका अध्यक्ष समेत रहेका घिसिङले यो सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको दाबी गरे ।शनिबार देशकै दोश्रो ठुलो २२०/१३२ के.भी.खिम्ती सबस्टेसनको