किसानलाई अनुदानमा मिनीटिलर

धनकुटा : धनकुटा नगरपालिकाले अनुदानमा कृषकलाई सात वटा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ।  व्यावसायिक कृषि प्रणालीको सुरुवात गर्न नगरपालिकाले मिनी टिलर अनुदानमा उपलब्ध गराएको छ। नगरपालिकाले ८३ प्रतिशत अनुदानमा नगरका विभिन्न सात वटा कृषि समूहलाई ७३ हजार मूल्य पर्ने पाँच लाख ११ हजार रुपैयाँ बराबरको मिनी टि...

सम्बन्धित सामग्री

अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण

व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ।

अनुदानमा किसानलाई मिनीटिलर

धनकुटा । कृषि ज्ञान केन्द्र धनकुटाले किसानलाई मिनीटिलर, टनेल, मल र बीउ वितरण गरेको छ । केन्द्रले मुख्य राजमार्ग लक्षित कार्यक्रमअन्तर्गत गुराँसे गाइपालन कृषक समूहलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र शतप्रतिशत अनुदानमा टनेल र बीउ वितरण गरेको हो । अनुदानबाट कृषक समूहका १० कृषक लाभान्वित भएका छन् । यस्तै केन्द्रले समूहका सदस्यलाई प्लाष्टिक टनेल, बीउ र मल शतप्रतिशत अनुदानमा वितरण गरेको छ । मुख्य राजमार्ग लक्षित कार्यक्रममा पर्ने सडक, विद्युतको पहूँच लगायत मापदण्डमा गुराँसे गाइपालन कृषक समूह छनौट भएको हो । खेती कार्यलाई यान्त्रिकरण गरी छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनीटिलर सहयोग गरिएको कृषि ज्ञान केन्द्रका कार्यालयका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए । मिनीटिलरका लागि ज्ञान केन्द्रले ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने किसानको ५ लाख रुपैयाँ लागत सहभागिता रहेको छ । ज्ञान केन्द्रले ७५ प्रतिशत अनुदान दिने र किसानको लागत सहभागिता २५ प्रतिशत हुनुपर्ने कार्यक्रम भएपनि सबै किसानलाई मिनीटिलर नआउने भएपछि समूहले ५० प्रतिशत योगदान गरेको कृषक समूहका अध्यक्ष भीम रानाले बताए । समूह रहेको स्थान तरकारीबालीका लागि उर्बर र गाइपालनका लागि प्रख्यात मानिन्छ । मिनीटिलर पाएपछि गोरु पाल्नलाई झन्झट र जोत्न ढिलो हुने समस्याबाट मुक्त हुने अपेक्षा रहेको अध्यक्ष रानाले बताए । ज्ञान केन्द्रले पाख्रिबास नगरपालिकाको लिसिम्बु, धनकुटा नगरपालिकाको बेलाहारामा पनि मिनीटिलर वितरणको गरिने जानकारी दिएको छ ।

पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण

किमाथाङ्का, ३ भदौ: सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने भएकाले सो उपकरण वितरण गरिएको हो । किसानलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गर्न अनुदानमा मिनीटिलर वितरण गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए । उहाँले लगानी खेर नफाली […]

भरतपुर महानगरले बाँड्यो कृषि फार्मलाई अनुदानमा ट्रयाक्टर

चितवन । चितवनका सात वटा कृषि फार्मले उच्च क्षमताको ट्रयाक्टर पाएका छन् । भरतपुर महानगरले कृषिमा आधुनिकीकरण र उत्पादन क्षमता बढाउने योजनासहित ६ वटा ट्रयाक्टर र एउटा हाते ट्रयाक्टर (मिनीटिलर) हस्तान्तरण गरेको हो । महानगर परिसरमा आयोजित कार्यक्रममा  महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीले कृषि फार्मका किसानलाई ट्रयाक्टर हस्तान्तरण गरे । उच्च प्रविधिका ट्रयाक्टर पाउनेमा महानगरका  कैलाश कृषि विकास कृषक समूह, विमल एग्रो फार्म एन्ड रिसर्च सेन्टर, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था, अमृत किसान बहुउद्देश्यीय सहकारी संस्था, हिमशिखर कृषि सहकारी संस्था  र उन्नत बिज वृद्धि कृषक समूह रहेका छन् । यस्तै,  रिजन कृषि तथा पशुपक्षी फार्मले हाते ट्रयाक्टर पाएको छ । वितरण गरिएका ट्रयाक्टरमा, हाइरो, कल्टिभेटर र रोटाभेटर रहेका छन् । प्रतिट्रयाक्टर १६ लाख ५२ हजार लागत मूल्यका ट्रयाक्टर महानगरले ८ लाख अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए  । महानगरमा आवेदन परेका कृषि फार्म र समूहलाई छनोट गरी थप पाँच वटा ट्रयाक्टर अनुदानमा उपलब्ध गराइने पौडेलले बताए । केही दिनअघि महानगरले एउटा  फार्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण गरेको थियो ।  केही दिनमै ५ वटा फार्मलाई धान रोप्ने, प्रशोधन गर्ने र इलेक्ट्रिक डायर मेसिन वितरण गरिने भएको छ । ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख  दाहालले महानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा जोड दिइएको बताइन् । युवालाई  कृषि कर्ममा आकर्षण गर्न आगामी आर्थिक वर्षमा पनि यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् । चितवनलाई व्यावसायिक र कृषि हबको रूपमा विकसित गर्ने लक्ष्य रहेको उनको धारणा थियो ।