कोसीमा मुख्यमन्त्रीद्वारा राजीनामा, प्रदेश खारेज गर्न प्रदर्शन

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङलाई कार्कीले शनिबार राजीनामा पत्र बुझाएका हुन् ।

सम्बन्धित सामग्री

राप्रपाद्वारा आन्दोलन घोषणा : प्रदेश खारेज र राजासहितको हिन्दु राष्ट्र माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग राखेर आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पुस, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ। फागुन महिनामा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय पनि गरिएको छ। राप्रपाले आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ। डा.

कोशी प्रदेश नामांकनको विरोधमा दिक्तेलमा मसाल जुलुस

कोशी प्रदेश खारेज गरी किरात प्रदेश नाम राख्नु पर्ने माग गर्दै दिक्तेलमा फागुन २७ गते साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । पहिचान पक्षधरहरुको मागलाई बेवास्ता गर्दै कोशी प्रदेश राखिएकाले त्यसलाई खारेज गरी किरात प्रदेश नामांकन गर्नु पर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरिएको हो ।

प्रदेश खारेज र हिन्दूराष्ट्र माग्दै कमल थापा सडकमा (भिडिओ)

काठमाडौं । प्रदेश संरचना खारेजीलगायतको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दूराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारवाही गरिनुपर्ने माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेकाे हाे । उनीहरुले महंगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप […]