राप्रपाद्वारा आन्दोलन घोषणा : प्रदेश खारेज र राजासहितको हिन्दु राष्ट्र माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग राखेर आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पुस, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ। फागुन महिनामा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय पनि गरिएको छ। राप्रपाले आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ। डा.