कोशी प्रदेश खारेज गरी किरात प्रदेश नाम राख्नु पर्ने माग गर्दै दिक्तेलमा फागुन २७ गते साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । पहिचान पक्षधरहरुको मागलाई बेवास्ता गर्दै कोशी प्रदेश राखिएकाले त्यसलाई खारेज गरी किरात प्रदेश नामांकन गर्नु पर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरिएको हो ।