काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सबैजसो राजनीतिक दलले घोषणापत्र जारी गरिसक्दा पनि नेकपा माओवादी केन्द्रले भने यस मामिलामा आफूलाई पृथक राखेको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलको जस्तो घोषणापत्र तयार पारेको छैन । तर, नेकपा माओवादी केन्द्र घोषणापत्र बिना नै स्थानीय तहको निर्वाचनमा जान लागेको भने होइन । उसले घोषणापत्र तयार गर्ने अधिकारी स्थानीय कमिटीहरूलाई नै दिएको छ ।सोही क्रममा नेकपा माओवादी केन्द्रले देशभरका स्थानीय कमिटीलाई ल