रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गरे ।केही दिन अगाडि दुई देशका राष्ट्रपति बीच कुराकानी हुनसक्ने बताउनु भएका पेस्कोभले तर अहिले नभई अलि ढिला मात्रै कुराकानी हुनसक्ने स्पष्ट पारेका हुन् । उनीहरूका बीचमा वार्ता हुनेगरी कुनै घटनाक्रम विकास भएको र त्यस्तो परिपक्व वातावरण पनि बनिनसकेको उनको भनाइ छ