काठमाण्डाै - वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आउँदाे कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने भएको छ । काठमाण्डाै उपत्यकाकै आकर्षक वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वाग्मती धाप परियोजनामा जम्मा गरिएको पानी आउँदाे असोज २९ गतेपछि वाग्मती नदीमा पठाउने तयारी भइरहेको छ ।
समुद्री सतहदेखि दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मानिएकाे छ । साथै यो...